टोकियो,३० साउन । नेपाली नारीहरूको महानपर्व तीजको अवसर पारेर जापानको राजधानी टोकियोस्थित इकेबुकुरो आसपासको नारीहरूलाई इकेबुकुरो गाइजले तीजको दर पार्टी खुवाएको छ । आइतवार इकेबुकुरोको गामबेशी दोहोरिमा तीज पार्टी सम्पन्न गरेको हो ।
बिशुद्द सामाजिक सेवाको लागी खुलेको उक्त संस्थाले पहिलो पटक नेपाली महिलाहरूलइ निशुल्क तीजको दर पार्टी सम्पन्न गरेको इकेबुकुरो गाइजले जनाएको छ । उक्त तीज पार्टीमा अतिथिको रूपमा नेपाल मगर संघ जापानका अध्यक्ष दीपक मगर, आँप चौर सेवा समितिका अध्यक्ष महेन्द्रकुमार अधिकारी,तमुधि जापानका उपाध्यक्ष तथा एनआरएनए जापान आगामी कार्यकालको लागी महिला उपाध्यक्ष उम्मेदार अनिता गुरुङ ,नेपाल पत्रकार महासंघ जापानका सदस्य शान्त पहरी, एनआरएनए जापान नगोयाका उप संयोजक दिलीप राना मगर,इकेबुकुरो गाइजका सल्लाहकार नवीन थापा लगाएतको आतिथ्यता रहेको थियो । नेपाली नारीहरुको लागी आयोजित उक्त पार्टीमा एक सयजना जतिको सहभागिता रहेको सो दर पार्टी पदम गुरुङको संयोजनमा कमल थापाले संचालन गरी सम्पन्न भएको थियो ।




