दिनेश थापा, टोकियो । गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो दशौ वार्षिकोत्सवको अवसरमा एघारौ सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिता तथा महिला भलिबल प्रतियोगिता २०२६ गर्ने भएको छ ।
“स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर २०१५ सालमा स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिता आगामी मे महिनाको ७ तारिक बिहीवारका दिन आयोजना गर्न लागेको महासचिव नारायण थापाले जानकारी दिए । स्थापना भएदेखि नै खेलकुदमार्फत स्वास्थ्य, अनुशासन र समुदायिक एकताको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको क्लवको यस पटकको प्रतियोगिताले विशेष रुपमा नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन तथा खेलाडी र खेलको विकासमा टेवा पुराउने उदेश्य लिएर प्रतियोगिता संचालन गर्न लागेको महासचिव थापाको भनाई छ।
प्रतियोगिता संचालनको मुख्य ऐजेण्डा सहित संस्थाका अध्यक्ष रमेश कुमार खत्रीको अध्यक्षतामा कार्यसमितिको बैठकले कार्यक्रमलाई थप व्यवस्थित बनाउनका लागि कार्यविभागीय संयोजकहरु तय गर्दै जिम्मेवारी प्रदान गरिएको अध्यक्ष खत्रीले जानकारी दिए । भलिबल प्रतियोगिता र भलिबल खेलाडी केन्द्रित कार्यक्रमलाई विशेष रूपमा संस्थाले स्थापना कालदेखि नै मुख्य प्राथमिकता राख्दै १० औ सिल्वर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता समेत सम्पन्न गरेको बताउदै अध्यक्ष खत्रीले थप गरे संस्थाले खेलमार्फत युवाहरूबीच स्वस्थ प्रतिस्पर्धा, मैत्रीपूर्ण सम्बन्ध र समुदायिक एकता वृद्धि हुनु हाम्रो प्रमुख लक्ष्य हो। दशौ सिल्भर रनिङ कप भव्य रुपमा सम्पन्न गरिसकेको र यस पटक आयोजना गर्न लागेको ११ औ भलिबल प्रतियोगितालाई अझ व्यवस्थित, आकर्षक र सहभागीमैत्री बनाउने सोचमा छौ । उनले थपे हामी खेलमार्फत स्वस्थ जीवनशैली, खेलप्रेमी युवा नेतृत्व तथा समुदायमा सकारात्मक वातावरण निर्माण गर्न निरन्तर प्रतिबद्ध छौ। क्लवले स्थापना कालदेखि नै पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको अध्यक्ष खत्रीले बताए ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३ लाख ३३ हजार ३ सय ३३ येन नगद, रनिंग सिल्भर कप ट्रफी, मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई नगद २ लाख २२ हजार २ सय २२ येन नगद, ट्रफी, मेडल र प्रमाण-पत्र तथा सान्त्वना हुने दुई समुहलाई नगद ६१,१११ हजार येन नगद र प्रमाण-पत्र रहेको छ भने महिला तर्फ प्रथम हुने समुहलाई नगद १ लाख ११ हजार १ सय ११ येन नगद, ट्रफी, मेडल र प्रमाण-पत्र र द्वितीय हुनेलाई नगद ६६ हजार ६ सय ६६ येन नगद, ट्रफी, मेडल र प्रमाण-पत्र रहेको छ भने दर्ता शुल्क पुरुष तर्फ ४ मान येन र महिला तर्फ २ मान येन रहेको आर्थिक संयोजक कुशल भण्डारीले बताए।
खेल संयोजक विजय बस्नेतका अनुसार प्रतियोगितामा पुरुष तर्फ खेलाडी १० जना र अफिसियल २ सहित १२ जनाको सहभागिता रहन सक्ने छन् र हरेक टिमले राष्ट्रीय खेलदुक परिषदको सातौ, आठौ, नवौ र विभागिय टिमबाट खेल खेलि सकेका २ जना खेलाडी मात्र सहभागिता बनाउन सक्नेछन्। बस्नेतका अनुसार हाम्रो क्लवले विगतमा महिला तर्फको मैत्रिपुर्ण प्रतियोगिता संचालन गर्दै आए पनि यसपटक भने खेलाडी र खेलप्रेमी जनसमुदायको चाहना अनुसार महिलाको प्रतिस्पर्धा र भेट्रान्स तर्फ मैत्रिपुर्ण खेल आयोजना गरिएको बताए। खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने बताईएको छ । खेल Yahos Arena, 4 Chome-1-2 Benten, Chuo Ward, Chiba 260-0045 मा बिहान ९:०० बजेदेखि हुनेछ खेल प्रतियोगिताको टाईसीट मे ६ तारिक साँझ ५ बजे सार्वजनिक गरिने छ। प्रतियोगितामा सहभागिता जनाउने टिमलाई समयमा नै आफ्नो खेलाडी पोशाकमा खेलमैदानमा उपस्थित हुनका लागि अनुरोध समेत गरिएको छ।
प्रतियोगिताको मुख्य आकर्षण रहेको सिल्भर रनिङ कप संस्थाका सल्लाहकार चन्द्र खत्रीले स्वर्गीय हजुरबाबाको सम्झनामा प्रायोजन गर्नु भएको हो।

