बुधबार, असार १०, २०८३

एनआरएनए जापानको अध्यक्षमा सर्वसहमत टासी लामा चयन

टोकियो,२९ साउन । ग़ैर साझा संस्था गैर-आवासीय नेपाली संघ (एनआरएनए )जापानको अध्यक्षमा टासी वाङदी लामा सर्वसम्मत अध्यक्षमा चयन भएका छन ।

आइतवार टोकियोमा सम्पन्न अधिवेशनबाट महासचिवमा वर्तमान सचिव बुद्धिराज घिमिरे तथा कोषाध्यक्षमा कालिका थापा सर्वसम्मत चयन भएका छन।

अध्यक्षका प्रत्यासी अनुज थापा आईसीसी सदस्य पदमा जान राजी भएपछि टासी लामा आगामी नयाँ कार्यकालका लागि अध्यक्ष चुनिएका हुन।

भवन भट्टसहित जापानमा सक्रिय तीन राजनीतिक पार्टीका नेतृत्वसंग संयुक्त प्रयासपछि तीन पदमा अध्यक्षमा कांग्रेसबाट लामा, महासचिवमा एमालेबाट घिमिरे र कोषाध्यक्षमा माओवादीबाट थापा छनोट भएका हुन । तीन मुख्य पदमा सहमति भएपछि अहिले उपाध्यक्ष सचिव तथा सदस्य पदमा सहमतिको प्रयास भईरहेको छ। भोली सोमबारसम्म सवैपदमा सहमति भएमा भोली नै पदभार हस्तान्तरण हुने बताईएको छ।

जापानका लागी नेपाली राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्यतामा सम्पन्न ८ औँ राष्ट्रिय अधिवेशन समारोहमा एनआरएनए उपाध्यक्ष भवन भट्ट सहित स्थानिय राजनीतिक दल तथा संघसस्थाका प्रतिनिधिहरुको आतिथ्यता अधिवेशन सम्पन्न भएको हो ।