जापान,२८ साउन । गैरआवासीय नेपाली संघ जापान आगामी (२०१७-०१९) कार्यकालको लागी उपाध्यक्षका उम्मेदवार पौडेल र सचिवका उम्मेदवार शाहीको उम्मेदवारी उपयुक्त रहेको निष्कर्ष निकालेको छ ।
उपाध्यक्षका उम्मेदवार शिवप्रसाद पौडेल र सचिवका उम्मेद्वार जनकबिक्रम शाहीको उम्मीदवारी उपयुक्त रहेको निष्कर्ष निकालेको हो ।
एनआरएनए जापान निर्वाचन समितिले शनिवार एक विज्ञप्ति प्रकाशन गरी सो निर्णय सार्वजनिक गरेको छ । उपाध्यक्षका उम्मेदवार शिव प्रसाद पौडेलबिरुद्ध अर्का उपाध्यक्षका प्रत्यासी छत्र बहादुर दाहाल र सचिव जनकबिक्रम शाहीबिरुद्ध अर्का सचिवका प्रत्यासी बाशुदेव लामिछानेले दाबीबिरोध प्रस्तुत गरेका थिए ।
सो दावि विरोधको विषयमा छलफल र एनआरएनए जापान केन्द्रिय समितिबाट प्राप्त प्रमाणको आधारमा निर्वाचन समितीले सो निर्णय गरेको निसका अध्यक्ष ओम गुरुङले जानकारी दिनुभयो ।

