बुधबार, असार १०, २०८३

दावि विरोधकर्ता भन्छन : उहाँहरु मेरा लागि असल व्यक्तिहरु हुन तर निसको निर्णय किन आएन ?

जापान,२८ साउन ।  गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्षका उम्मेद्वारमाथि दाबी बिरोध दर्ता कर्ता बासुदेब लामिछानेले निर्वाचन समितिको निर्णय नआएको भन्दै आक्रोस पोखि पुन: विज्ञप्ति निकालेका छन् ।

उपाध्यक्ष शिव प्रसाद पौडेलबिरुद्ध अर्का उपाध्यक्षका प्रत्यासी छत्र बहादुर दाहाल र सचिव जनकबिक्रम शाहीबिरुद्ध अर्का सचिवका प्रत्यासी बाशुदेव लामिछानेले दाबीबिरोध प्रस्तुत गरेका थियो ।

यस दावि विरोधको विषयमा छलफल भैरहेकोले भोली आईतवार निर्णय हुने निर्वाचन समितीका अध्यक्ष ओम गुरुङले जानकारी दिनुभयो ।

दावि विरोध कर्ताको बिज्ञप्ति 
विज्ञप्ति : दावि-विरोध सम्बन्धमा
गैर आवाशिय नेपाली संघ जापान कान्तो क्षेत्रीय कमिटि २०१५-२०१७ ले सल्लाहकारमा नियुक्त गराईएको भनिएका र दावि विरोधमा पर्नुभएका उम्मेदवार ज्युहरु केहि महिना अघि मात्र मनोनित गरेको आम जापानवासी नेपालीलाई जानकारको विषय भएता पनि कान्तोको माईनट अनुसार २०१६-०७-२२ मा आधिकारिक मनोनित गराईएको भनि निर्वाचन कमिटिलाई बुझाईएको छ । मनोनित गरेको मितिले १ बर्ष पुग्ने मिति २०१७-७-२१ हो ।तर २०१७-०७-०९ मा कान्तो क्षेत्रिय अधिवेशन सम्पन्न भईसकेको र कान्तो क्षेत्रिय कमिटि २०१५-२०१७ को सल्लाहाकार सहित सम्पूर्ण समितिको कार्यकाल समाप्त भई २०१७-२०१९ को नवनिर्वाचित कार्यसमिति आईसकेको छ । मनोनित सल्लाहाकारको कार्यकाल कान्तो अधिवेशन २०१७-०७-०९ संगै समाप्त भैसकेको छ । अधिवेशनको मनोनित गरिएको मितिबाट कार्यकाल समाप्त भै सक्दाको मितिले ११ महिना १३ दिन मात्र हुने र नियमावलि अनुसार १ कार्यकाल ( कम्तिमा १ बर्षको समयावधि ) नपुग्ने हुंदा उहांप्रति दावी विरोध स्वभाविक रहि स्वतह र स्प्रष्ट रुपमा प्रमाणित हुन आएको छ ।यस अघि गैर आवासीय नेपाली संघ जापानको २०१७-२०१९ का उपाध्यक्षका उम्मेदवार शिव प्रसाद पौडेल र सचिब जनक बिक्रम शाहि माथि दाबी बिरोध दर्ता गराईएको थियो । २५ सेप्टेम्बर २०१६ मा ओकिनावाबाट पारित बिधान अनुरुप, राष्ट्रिय समन्वय परीषदको अध्यक्ष बाहेकको कार्यकारी पदहरुमा राष्ट्रिय समन्वय परीषदको सदस्य वा सल्लाहकार रही कुनै पनि पदमा कम्तिमा १ पुरा कार्यकाल संम्पन्न गरेको हुनुपर्ने छ । गैर आवाशीय नेपाली संघ जापन २५ सेप्टेम्बर २०१६ मा ओकिनावाबाट पारित बिधान को परिच्छेद ८ को ५ को ५.२ अनुरुप, रास्ट्रीय समन्वय परीषदको अध्यक्ष बाहेकको कार्यकारी पदहरुमा, रास्ट्रीय समन्वय समिति सदस्य, सल्लाहकार, क्षत्रिय समिति सदस्य वा सल्लाहकार रही कुनै पनि पदमा कम्तिमा १ पुरा कर्यकाल सम्मपन्न गरेको हुनु पर्नेछ । बिधान लाइ टेकेर हेर्ने हो भने पुरा कार्यकाल भने पनि के कति समय भनेर किटान नगर्दा यस अघि ३ सेप्टेम्बर २०१७ एनआरएनए जापानले राखेको भेलामा केहि बिबाध उत्पन्न भएपनि निर्वाचन आयोगले निकालेको निर्वाचन नियमावली २०१७ को ७ मा उल्लेखित उम्मेदवारको सर्त र योग्यतामा कम्तिमा १ वर्ष कार्य सम्पादन गरेको हुनुपर्ने भने पछी दाबी बिरोध मा स्पष्टता आएको हो ।म व्यक्तिको ख़िलाफ़ कत्ति पनि छैन, प्रवृतिको ख़िलाफ़ हो । व्यक्तिको आंकलन र मेरो व्यक्तिगत संवन्धको हिसावमा उहांहरुलाई अशल व्यक्ति होईनन भन्नेहरु कमै भेटिएलान । त्यसकारण पनि विधि विधानलाई तपाईं हामि सबै मिलि कार्यान्वयन गर्न गराउन पहल गर्नुपर्छ भन्ने मेरो बुझाई हो । विधि विधानलाई नै पालना नगर्ने र संम्ब्निधित निकायबाट नगराईने हो भने संस्थाको संस्थागत आँच माथिको पराकाष्ट हुनेछ र भोलिका दिनमा पनि गलत परम्पराले निरन्तरता पाउनेछ भन्नेमा एनआरएनए अभियन्ता, कार्यसमिति, निर्वाचन आयोग, उम्मेदवार, मतदाता र आम जापानबासी नेपालीहरुमा सजक रहन हार्दिक अपिल गर्दछु ।यसका बावजुत पनि निर्वाचन कमिटिले निर्णय गर्न किन हिच्किचाहि रहेको छ ? आम जापानबाशि नेपालीले चासोको विषयमा हेरिरहेको यस समस्याको संबोधन गर्न किन ढिलाई भएको छ ? कि ३६५ दिन भन्दा कम भएतापनि महिनाले १ बर्ष पुरा भएको भन्ने भनाउने तयारि हुंदैछ ? १ बर्ष भनेको ३६५ दिन हो या विविध वहानामा सो भन्दा कम हुन सक्छ ? कि विधि विधानले रोके पनि एनआरएनए जापान २०१७-२०१९ का लागि यि व्यक्तिहरू हरेक कारणले नभईनहुने व्यक्ति हुन ? त्यसो हो भने आगामि कार्यसमितिबाट मनोनित गर्न सकिंदैन ? जापानभर एक किसिमको ख्याति बनाईसकेका पदाधिकारि बन्ने हैसियत बोकेका आदरणीय व्यक्तित्वहरु बिधि बिधानले छेकेकाले नै सदस्यमा उम्मेदवारि दिएका छन भने के हि व्यक्ति विशेषलाई लक्षित गर्नु गराईनुको कारण के हो ? अत; दावि विरोध परि नियमावलको सर्त तथा योग्यता अनुसार विधि विधानको परिधि अन्तरगतको निष्पक्ष निर्णय गरि कार्यतालिका अनुरुप यथासिघ्र अन्तिम नामावलि प्रकासित गर्न गराउन सम्मानित निर्वाचन आयोग समक्ष हार्दिक निवेदन गर्दछु ।

बाशुदेव लामिछाने
सचिब पदका उम्मेदवार
एनआरएनए जापान २०१७-२०१९

म सधैं सचेत छु : जनक विक्रम शाही

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्याकालका लागि सचिवका दाबेदार जनक विक्रम शाहीलाई उनकै प्रत्यासी बाशुदेव लामिछानेले दावी विरोध गरेपछि माहौल तातिएको छ ।

शाही भने दावी विरोध पछि निकै संयमित देखिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै आफ्ना समर्थक र सुभेच्छुकलाई निर्वाचन समितिको निर्णय कुर्न भनेका छन् ।

शाहीले निर्वाचन समितिले आफुलाई खबरै नगरी मिडियाबाजी गरेको आरोप समेत लगाएका छन् । उनले निर्वाचन समितिले आफुमाथि परेको दाबी विरोधका बारेमा जानकारी नदिएको तर आफ्ना सुभेच्छुक र विभिन्न मिडियाबाट खबर आएको उल्लेख गर्दै उनले आफु एनआरएनए जापानको विधानमा टेकेर उम्मेदवार भएको दाबी गरेका छन् ।

उनले निर्वाचन समितिको विधानको परिच्छेद ८ को दफा ५ को उपदफ २ अनुसारनै आफुले उम्मेदवारी दिएको र उम्मेदवारी माथि निर्वाचन समितिमा दावी विरोध परेकोले समितिको निर्णय पर्खिएको बताएका छन् ।

उनले आफ्नो योग्यतामाथि प्रश्न उठाइए पनि आफु एनआरएनएको सचिव बन्न योग्य रहेको बताएका छन् । उनले आफु निरन्तर सामाजिक काममा लागिरहेको उल्लेख गर्दै राम्रो काम गर्दा गर्दै आइपर्ने अवरोधहरुको सामना गर्ने हिम्मत आफुसँग भएको बताएका छन् ।

शाहीले आफुमाथि परेको दावी विरोधलाई स्वभाविक रुपमा लिएको र लोकतन्त्रमा मत अभिमत, समर्थन र विरोध स्वभाविक हुने उल्लेख गरेका छन् ।