Nepali date


शुक्रबार, भदौ ६, २०७६

कोबेमा मूत्यु भएका गुरुङको अन्तिम संस्कार सम्पन्न

जापान,२७ साउन ।  गोर्खा ध्याल्चोक घर भई जापानको कोबेमा मूत्यु भएको डम्बर बहादुर गुरुङको आज अन्तिम संस्कार सम्पन्न भएको छ ।

गैर-आवसिय नेपाली संघ जापानको कान्साई क्षेत्रिय समितिले शुक्रवार श्रद्धान्जली सभाको आयोजन गर्दै स्वर्गीय गुरुङ प्रति एक मिनेट मौन धारणगरी अन्तिम संस्कार गरिएको एनआरएन क्षेत्रिय समिति कान्साईका संयोजक भुमिराज दवाडीले जानकारी दिनु भयो । शोक सभामा विभिन्न सघ संस्था तथा जापानवासि नेपालीहरुले प्रदान गरेको सहयोग रकमको बारेमा जानकारी दिईएको थियो । गुरुङ परिवारको सहमतिमा उनलाई कोबेमा नै अन्तिम संस्कार गरिएको हो ।

एनआरएन जापान कान्साईको सयोजनमा भएको अन्तिम संस्कारमा गुरुङका काका र भाई सहभागि भएका थिए भने १८ मान ख़र्च भएको र अन्तिम संस्कारमा कान्साई क्षेत्रीय समिति सहित चितवान समाज, गल्कोट समाज, गैरे समाज लगायतको सघ संस्थाहरुको सक्रियता रहेको थियो । अन्तिम संस्कार पछि दिईएको जानकारी अनुसार गुरुङ परिवारलाई जापानिज ६० मान करिब छ लाख सहयोग रकम नेपालको बैङमा जम्मा गरिदिने भएको एनआरएन आईसीसी सदस्य तुल्सिराम खरेलले जानकारी दिनु भयो ।

कोबेको सेन्मोन विद्यालयमा अध्ययनरत गोरखा जिल्ला गण्डकी गाउँपालिका-७ ध्याल्चोक चुर्लिङका २६ वर्षीय डम्बरबहादुर गुरुङको मंगलवार विहान उपचारको क्रममा मूत्यु भएको हो । कोवेको कोवे च्उओ हस्पिटलका डाक्टरहरुले विहान ९ बजे गुरुङको मुत्यु भएको जानकारी दिएको थिए ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया