`पहिलाे भेटमै नजर जुध्याे´ लभ स्टाेरी गीतका गायक समीर सिटाैलाकाे आज जन्मदिन परेकाे छ । गीत २०८१ वैशाख १ गते सार्वजनिक गरिएको भएपनि आज गायक सिटाैलाकाे जन्मदिनको अवसरमा उनका शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत गीत सार्वजनिक गरी शुभकामना व्यक्त गरेका हुन् ।
समाजसेवी एवं उक्त गीतका रचनाकार डा. धर्मेन्द्रकुमार साहले पनि गायक सिटाैलालाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् । गीत केही वर्ष अघि बजारमा आएतापनि आज गायक सिटाैलाकाे जन्मदिनकाे अवसरमा पुन: उक्त गीतले बजार तताएकाे छ ।
तोरेम्पा हाङ्गको संगित र राजु कार्कीको एरेन्ज रहेको गितमा समिर सिटौलाले आवाज दिएका थिए । गीतमा पहिलो भेटमै नजर जुधेपछि दोस्रो भेटमा माया बसेको र त्यसपछि मायालुलाई जिन्दगीभर खोजिरहेको भाव व्यक्त गरिएको देखिन्छ ।
शब्द रचनाकार साहले पहिलो भेटमा नजर जुधेपछि बसेको मायालाई प्रेमिल ढंगबाट शब्दमा उतारेका थिए । झापा निवासी साह गितका माध्यमबाट नवप्रतिभाहरुको प्रतिभा प्रस्फुटन एवं आफ्नो जन्मस्थान र त्यहाँको पर्यटन प्रवद्र्धन गर्नका लागि आफुले गीत संगीतप्रती रुचि राखेकाे बताउँछन् ।
शब्द त सुन्दर छँदैछ, त्यतिकै सशक्त स्वर र संगीत पनि छ । यसर्थ, समग्रमा गीत सुन्दर र उत्कृष्ट छ । गित डिजिटल डिएस नामक अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको थियाे ।

