शनिबार, बैशाख ०५, २०८३

टोकियोमा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रम गरी मनाउने

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले संयोजनमा “नारीको सम्मान राष्ट्रको अभिमान” भन्ने सन्देशका साथ ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस जापानको टोकियोमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ।
कार्यक्रम आगामी मार्च ७ टोकियोमा आयोजना हुने जनाएको छ।
कार्यक्रमको सह–आयोजकका रूपमा साहित्यिक चौतारी नेपाल जापान शाखा र नेपाली राजदूतावास टोकियो रहेका छन्। कार्यक्रममा नारी सम्मान, सशक्तीकरण, समान अधिकार तथा समाज निर्माणमा महिलाको भूमिकाबारे विचार–विमर्श, विशेष वक्तव्य तथा सांस्कृतिक प्रस्तुति समावेश गरिने जनाइएको छ।

जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई नारी सशक्तीकरणको सन्देश फैलाउन आयोजना गरिएको आयोजक साहित्यक चौतारी जापानको अध्यक्ष सरिता ढकालले जानकारी दिनु भयो ।