आइतबार, चैत १५, २०८२

सेभेन सामुराई गोल्ड कप २०२६ को उपाधि मोना सिजुओकालाई

जापान । शिजुओका युनाइटेडको आयोजनामा शिजुओकामा सम्पन्न ‘सेभेन सामुराई गोल्ड कप २०२६’ को उपाधि मोना सिजुओकाले हात पारेको छ।
अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा आयोजक टोली सिजुओका युनाइटेडलाई पराजित गर्दै मोना सिजुओकाले टाइटल आफ्नो हात पारेको हो ।
प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष कैलाश थापाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा ‘टाइटल स्पोन्सर’ सेभेन सामुराई इन्टरनेशनलका सीईओ, जनसम्पर्क समिति जापानका महामन्त्री एवं एनआरएनए एसिया प्यासिफिक युथ को-अर्डिनेटर रेशम कुमार डंगोल रहनुभएको थियो। त्यस्तै, विशेष अतिथिको रूपमा एनआरएन एसिया प्यासिफिक संयोजक डा. बलराम श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो। अतिथिहरूमा अंफा जापानका अध्यक्ष शिव खड़का एनआरएन सिजुओकाका संयोजक सुमन पौडेल, पूर्व संयोजकद्वय राजु डंगोल र रमेश भण्डारी लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू तथा प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अतिथिहरूले प्रवासमा नेपाली खेलकुद र भाइचारालाई जोड्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत रूपमा पुरस्कृत गरिएको थियो वेस्ट कीपर राजु तामाङ,बेस्ट प्लेअर अनिल मोक्तान,हाइस्ट स्टार स्कोरर अशोक नेपाली रहेका थिए । विभिन्न संघ-संस्था र व्यक्तिहरूको आर्थिक तथा भौतिक सहयोगमा सम्पन्न भएको यस प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ।