जापान,२५ साउन । गैर-आवासीय नेपाली संघ जापानको कार्यसमिति सदस्यमा आगामी दुई वर्षे कार्यकालको लागि राजन पौडेलले उम्मेद्वारी दिएका छन् ।
बिगत लामो समय देखी जापानमा क्रियाशील पौडेल जापानमा नेपालीका अपराध खोज तथा नियन्त्रण क्षेत्रमा क्रियाशील छन ।
कुनै बेला नेपाल सरकारको राष्ट्रसेवक बनेर काम गरेका पौडेल अहिले नेपालीका एक गैरसरकारी संस्थामा अपराध खोज तथा नियन्त्रणको रुपमा कार्यरत रहेका छन । उनले संस्थामा आफु आएर नेपालीहरुको समस्याको न्यूनीकरण र समाधानमा ध्यान दिनुका साथै नेपाल र जापान बीच सरकारी तबर बाटै लगानी भित्र्याउने बाताबरण बनाउन भूमिका खेल्ने जनाएका छन ।
नेपालको आर्थिक मात्र हैन सामाजिक ,सांस्कृतिक र कानुनी क्षेत्र लगायत आफ्नो क्षमताले भ्याए सम्म नेपालीको सेवामा खटिरहने छु, उनले भने । गैर-आवासीय नेपाली संघ जापानको अधिबेसनमा सदस्य पदमा उम्मेद्वारी दिएको बताउनु भएको छ ।