बिहिबार, असार ०७, २०८१

जापानमा एक नेपाली विद्यार्थीको असमायिक निधन

टोकियो,२४ साउन । विद्यार्थी भिसामा दुई वर्ष अघि जापान आएका २६ वर्षिय नेपाली विद्यार्थी एक नेपाली विद्यार्थीको असामयिक निधन भएको छ ।
अध्ययनका लागि जापान आएका गोरखा गण्डकी गाउँपालिका-७ चुर्लिङका डम्बरबहादुर गुरुङको निधन भएको छ । डम्वरबहादुर गुरुङको मंगलवार बिहान अस्पताल लानेक्रममा निधन भएको हो ।
जापानको कोवेमा भोकेशनल कलेज सेनमनमा अध्ययनरत गोर्खा घ्याल्चोकका गुरुङको सुतेकै ठाउमा मृत्यु भएको छ । यवककसाेमबार बेलुका कामबाट फर्किएर खाना खाएर सुतेका गुरुङ विहान करिव सात बजेतिर उठनेक्रममा शरिरमा एठन आएजस्तो गरि वेस्मारी कराएका थिए। लगत्तै संगै रहदै आएका साथीले के भयो के भयो भन्दा आवाज ननिकाली हुहु मात्र गरेका थिए।
तत्काल एम्वुलेन्स बोलाएर अस्पताल लैजाने क्रममा स्वास्थ्यकर्मीले गुरुङको स्वासप्रस्वास रोकिएको जानकारी गराएका थिए। कोबेकाे एक स्थानिय अस्पतालमा पुरयाए पछि चिकित्सकले उनको केही समय अघि नै मृत्यु भएको जानकारी दिएका थिए।
काम गरेर फर्केर राम्रोसंग सुतेका गुरुङ कुनैपनि विरामी नभएको उनका साथीले जनाएका छ ।