सोमबार, माघ १३, २०८२

हिमालयन एकेडेमी जापानको ५औँ वार्षिक उत्सव सम्पन्न

जापान । हिमालयन इन्टरनेशनल एकेडेमी को ५औँ वार्षिक उत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ ।
कोईवामा शनिवारआयोजित उक्त वार्षिक उत्सव समारोह विविध कार्यक्रमसहित सम्पन्न भएको हो। नेपाली पाठ्यक्रमअनुसार पठन–पाठन सञ्चालन गर्दै आएको यस विद्यालयले जापानमा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा, संस्कृति र पहिचान बुझाउन उल्लेख्य भूमिका खेल्दै आएको छ।

वार्षिक उत्सव समारोहमा विद्यार्थीहरूले कराते लगायत विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। हाल एकेडेमीमा करिब २१० नेपाली विद्यार्थी अध्ययनरत छन्।
समारोहमा जापानका लागि कार्यवाहक नेपाली राजदूत हरिहर कान्त पौडेल, एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ, एनआरएनए जापानका प्रवक्ता रविन शर्मा तथा आदाचि वडाका प्रतिनिधिलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

समारोहमा विद्यालयका प्रधानाध्यापक कालु मेहेताले विद्यालयका गतिविधि तथा भावी योजनाबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष राजन रिजालको स्वागत मन्तव्य तथा सह–प्रधानाध्यापक रिसव भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो।

यसमा तपाईको प्रतिक्रिया