सोमबार, माघ १३, २०८२

एभरेष्ट स्कुलले टोकियोमा जनवरी २४ तारिख कल्चर डे कार्यक्रम भव्य रूपमा मनाउने

टोकियो । जापानको टोकियोस्थित सुगीनामीमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलको कल्चर डे सांस्कृतिक कार्यक्रम गरी मनाउने भएको छ ।
प्रवासमा रहेको नेपाली पाठ्यक्रम तथा अन्तर्राष्ट्रिय पाठ्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने एभरेष्ट स्कुलको कल्चर डे कार्यक्रम जनवरी २४ तारीख भोली विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउन लागेको हो ।

विद्यालयले बहुधार्मिक, बहुसांस्कृतिक पक्षलाई जोड दिँदै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न किसिमका नृत्य, कला तथा गायन प्रस्तुत गरी मनोरञ्जन प्रस्तुत गर्ने विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो ।
नेपाल सरकार, जापान सरकार र क्याम्ब्रिज विश्वविद्यालयबाट मान्यता प्राप्त जापानमा पहिलो विद्यालयको रुपमा एभरेष्ट इन्टरनेशनल स्कुल जापान १४ वर्ष अघि स्थापना भएको थियो ।
हाल उक्त विद्यालयमा आंशिक र पूर्णकालीन गरी ५२ जना शिक्षक-शिक्षिका तथा कर्मचारी कार्यरत हुनुहुन्छ भने ५ सयभन्दा बढ़ी विद्यार्थीहरु अध्यानरत छन्।

यसमा तपाईको प्रतिक्रिया