टोकियो,२३ साउन । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर यहि अगष्ट महिनाको २३ तारिख दर ख़ाने र नृत्य प्रतियोगिता,फोटो शो सहित तीज रमझम २०१७ आयोजना गर्ने भएको छ ।
गतवर्ष गरेको सो विद्यार्थी दीदीबहिनी समुहले यही अगष्ट महिनाको २३ गते दर ख़ाने दिन तीज रमझम २०१७ आयोजना हुने सो समुहकी सुनिता श्रीशले जानकारी दिनुभयो ।
आयोजना गरिएको उक्त प्रतियोगीतामा भाग लिन चाहनुहुने इच्छुकहरूले अगष्ट १२ तारिखसम्ममा आफ़नो नाम टिपाउन अपिल गरेको छ ।
उक्त कार्यक्रम जापानको टोकियोस्थित वारकाडे हलमा हुने जनाएको छ । सोहि कार्यक्रमलाई एसिया डाईभिन स्कुल ,एसिया स्पाईस मार्ट ,पिरोपिरो रेष्टुरेण्ट ,एसियन रेष्टुरेण्ट नमस्ते निप्पोनले स्पोन्सर गरेको छ ।