बिहिबार, असार ०७, २०८१

एनआरएनए जापानले भोली मंगलवार पत्रकार सम्मेलन गर्दै

जापान,२३ साउन । गैर-आवासीय नेपाली संघ जापानको निर्वाचन प्रकृया र इ-भोटिङ प्रणालीका सम्बन्धमा पत्रकार सम्मेलन गर्ने भएको छ ।
भोली मंगलवर साझ साडे ६ बजे टोकियोमा पत्रकार सम्मेलन गर्न लागेको हो ।

पूर्ण बिवरण यस प्रकरको छ ।

पत्रकार मित्रहरु,
नमस्कार ।

विषयः निर्वाचन प्रकृया र इ-भोटिंग प्रणालीका सम्बन्धमा पत्रकार सम्मेलन
निम्न मिति, समय र स्थानमा गैर-आवासीय नेपाली संघ जापानको आगामी कार्यकालको लागि हुन गईरहेको निर्वाचन प्रकृया र इ-भोटिंग प्रणालीका सम्बन्धमा जानकारी गराउनको लागि पत्रकार सम्मेलनको आयोजना गरिएको हुनाले उपस्थितिका लागि हार्दिक अनुरोध सहित तपाइको मेडिया मार्फ़त समाचार राखिदिनुभई सहयोग गरिदिनुहुन पनि अनुरोध गर्दछौं ।

मिति: २०१७ अगस्त ८ तारिख, मंगलबार
समय: सांझ ६:३० बजे
स्थान: नेपाली मुरा हल, सोलमारी, ओकुबो (टोकियो)
भवदिय,
ओम गुरुंग, संयोजक
गैर-आवासीय नेपाली संघ निर्वाचन समिति २०१७
२०१७ अगस्त ७