आइतबार, फागुन १३, २०८०

एनआरएनए जापानको सदस्यमा दिनेश लोहनी भिडदै

जापान,२३ साउन । गैर-आवासीय नेपाली संघ जापानको आगामी दुई वर्षें कार्यकालको लागी दिनेश लोहोनीले उम्मीदवारी दर्ता गराएका छन ।
धादिङ समाज जापानका महासचिवसमेत रहेका लोहोनीले एनआर्एनए जापानको केन्द्रीय सदस्य पदको उम्मेदवारी दर्ता गरेको जानकारी गराएका छन ।
नेपालमा रहँदा विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका लोहनी त्रिभुवन बिश्वबिधालयबाट अर्थशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका लोहनी जापानिज भाषा स्कुल,सेन्मोन गाक्को हुँदै हाल आफ्नै ब्यबसायमा संलग्न छन् । जापानमा नेपालीको सुख दुखमा साथ दिंदै स्वदेशलाई आत्मनिर्भर बनाउने अठोट र नेपालको बिकासमा एउटा ईटा थप्ने सुरुवातीको रुपमा आपुले उम्मेदवारी दिएको लोहनीको भनाई छ ।
लोहोनी ६ वर्षअघि जापान आइ हाल व्यापार व्यावसाय गर्दै आएका छन । धादिङ ज़िल्लामा जन्मिएर जापानमा आफ्नो कर्मथलों बनाउदै आएका लोहोनीले जापानवासी नेपालीहरूको सहयोगको अपेक्षा गर्दै अमूल्य मत दिनसमेत अपील गर्नु भएको छ ।dineshhh