सोमबार, माघ ०७, २०८१

एनआरएनए जापानको कोषाध्यक्षमा महेन्द्र अधिकारीको उम्मेद्धारी दर्ता

जापान,२२ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालको लागि कोषाध्यक्ष पदमा महेन्द्रकुमार अधिकारीले उम्मेद्धारी दर्ता गरेका छन् ।

गुल्मी समाजको महासचिव तथा आँप चौर सेवा समिति जापानको अध्यक्ष र यस अघि एनआरएनए जापान कान्तो २०१५ देखि २०१७ सम्मका सदस्य अधिकारीले कोषाध्यक्ष पदमा उम्मेद्धारी दर्ता गरेको जानकारी दिनुभएको छ ।
इमान्दार ,सलिन मिलनसार स्वाभावका अधिकारी जापानमा रेष्टुरेण्ट ब्यवसाय गर्दै आएका छन् । एनआरएनए जापानका कोषाध्यक्षमा उम्मेद्धारी घोषणा गरेका अधिकारीले संस्थामा पारर्दशिता र  इमान्दारीता भएर जापानमा रहेका नेपालीको पक्षमा काम गने बताउनुभयो ।