आइतबार, माघ १३, २०८१

एनआरएनए जापानको सदस्यमा अस्मिताको उम्मेदवारी दर्ता

जापान,२२ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी नयाँ कार्यकालका लागि महिला केन्द्रिय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी अस्मीता वाईबा (तामाङ)ले आफ्नो उम्मेदवारी दर्ता गरेकी छिन ।

गैर आवासीय नेपाली संघ जापानको आठौं कार्यसमितिको लागि सदस्य पदको आधिकारिक रूपमा निर्वाचन कमिटिमा तोकिएको शुल्क सहित उमेद्ववारी मनोनयन दर्ता गराएका हुन । नेपाल देखी नै सामाजिक क्षेत्रमा साक्रिय वाइबा नेपाल तमाङ घेदुङमा आबद्ध भएर सामाजिक कर्ममा सक्रिय हुदै बिगत ५ बर्ष देखि जापानमा पनि सधैं सामाजिक काममा अग्रपङ्तिमा देखापर्छिन । नेपाल तमाङ समाज जापानको केन्द्रिय उपाध्यक्ष,नेपाल मादन समाज जापानको कोषाध्यक्ष,जनजाति महासंघ जापानको केन्द्रिय सदस्य पदमा रहेर आफ्नो समुदाय र समग्र नेपालीको हक हितको लागि आवाज उठाउदै आएकी वाईबा समग्र जापान बासी नेपाली समुदायको बिदेशि भुमीमा आईपर्ने शुख दुखमा साथ दिनुनै आफ्नो उन्मेदवारिको प्रमुख उदेस्य बताउदै भोलीका दिनहरुमा पनि नेपालीकै लागि केही गर्न पछी नपर्ने बताउछिन् ।

नेपाली समुदायहरुको एनआरएन संस्थाप्रति गुमेको बिश्वास लाई पुन स्थापित गराउदै देश संमग्र नेपालीको सेवामा लाग्ने उहाँको भनाई छ । साथै सम्पूर्ण जापानबासी नेपालीहरुलाई अमूल्य मत दिई सहयोग गरिदिनु हुन समेत बिनम्र अनुरोध गरिएको छ ।