सोमबार, माघ ०७, २०८१

एनआरएनए जापानको अध्यक्षमा टासी लामा र अनुज थापाको उम्मेद्धारी दर्ता

शान्त पहरी,जापान,२२ साउन । गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा टासी लामा र अनुज थापाको उम्मेदवार दर्ता भएको छ ।
एनआरएनए जापानको हालका उपाध्यक्ष् टासी लामा र महासचिव अनुज थापाविच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

वरिष्ठ उपध्यक्षमा देविलाल भण्डारी निर्विरोध भएका छन् ।

त्यस्तै उपध्यक्षमा सरोजकुमार खत्री, शिवप्रसाद पौडेल, जिवन न्यौपाने, द्रोण सिलवाल,महिला उपध्यक्षद्धयमा अनिता गुरुङ र सविता श्रेष्ठको उम्मेदवारी परेको छ ।

महासचिवमा वर्तमान सचिव बुद्धि घिमिरे र विरेश्वर रेग्मीको उम्मेदवारी परेको छ भने सचिवमा जनकविक्रम शाही, वासुदेव लामिछाने र प्रकाश थापाको उम्मेदवारी दर्ता गराएका छन् ।

कोषाध्यक्षमा प्रल्हादसिंह महत, कालिका थापा र महेन्द्र कुमार अधिकारीको उम्मेदवारी परेको छ भने यस वर्ष थपिएको सहकोषध्यक्षमा राम थापा अनिल निर्विरोध भएको छन् ।

एक महिला सहित छ केन्द्रीय सदस्यको लागि १९ जनाको उम्मेदवारी परेको छ ।