मङ्गलबार, माघ १४, २०८२

मोना ईतावाशी नेपाल फेस्टिवल आगामी अप्रिलमा हुने, अन्तर्क्रिया सम्पन्न

जापान । टोकियोस्थित इताबासी क्षेत्रमा नेपाली कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘दोस्रो म्याग्दी मोना इताबासी नेपाल फेस्टिवल’आयोजना हुने भएको छ।
टोकियोमा दोस्रो म्याग्दी मोना ईतावाशी नेपाल फेस्टिवल आगामी सन् २०२६ को अप्रिल ११ र १२ तारिख हुने तय भएको छ। मोना जापानले टोकियोमा दोस्रो म्याग्दी मोना ईतावाशी नेपाल फेस्टिवल सम्बन्धी हिजो आइतबार एक अन्तर्क्रिया कार्यक्रम गरेको छ ।

इताबासी मोना नेपाल कल्चरल एक्सचेन्ज एसोसिएसन मोना जापानको मुख्य आयोजनामा हुन लागेको यस फेस्टिवलले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।

दोस्रो म्याग्दी मोना इताबासी नेपाल फेस्टिवल
मिति: सन् २०२६ अप्रिल ११ (शनिबार) र १२ (आइतबार)
समय:
शनिबार: बिहान ११:०० देखि साँझ ७:०० बजेसम्म
आइतबार: बिहान ११:०० देखि साँझ ५:३० बजेसम्म
स्थान: इताबासी-कु, ताकासिमादाइरा ३-१, आकात्सुका पार्क (Akatsuka Koen), टोकियो।
प्रवेश शुल्क: निःशुल्क (Free Entry)।
यस कार्यक्रमलाई इताबासी वार्ड कार्यालय, इताबासी शिक्षा समिति, इताबासी पर्यटन संघ, जापानस्थित नेपाली राजदूतावास, एनआरएनए (NRNA) जापान लगायत विभिन्न संघ-संस्थाहरूको सहयोग तथा समर्थन रहेको छ।

जापानमा रहेका सम्पूर्ण नेपाली तथा जापानी समुदायलाई उक्त दिन उपस्थित भई नेपाली संस्कृतिको उत्सव मनाउन आयोजक कमिटीले हार्दिक निमन्त्रणा गरेको छ। कार्यक्रम स्थलसम्म पुग्नका लागि सार्वजनिक यातायातको व्यवस्था सहज रहेको जानकारी गराइएको छ।