टोकियो । नेपाल तामाङ समाज जापानले तामाङहरूको महान राष्ट्रिय सांस्कृतिक पर्व २८६२ औं (ता ल्हो) अवसरमा सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
नेपाल तामाङ समाज जापान केन्द्रीय समितिले टोकियोमा जनवरी १८ मा सोनाम ल्होछार सांगितिक कार्यक्रम २०२६ को तयारी तीव्र बनाएको छ । मञ्जुश्री संवत् २८६२ औं (ता ल्हो) वर्ग सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम २०२६ जनवरी १८ तारिखमा टोकियोमा मनाउने भएसंगै तयारीलाई तीव्रता दिएको हो ।
नेपालका विभिन्न ठाउँबाट आएर जापानलाई आफ्नो कर्मथलो बनाएका तामाङ समुदायको प्रतिनिधि संस्था तामाङ समाज जापान एनपीओ होउजिनले हरेक वर्षहरूमा झैँ यसपाली पनि आफ्नो मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्नको साथै राज्यको हरेक अङ्गमा समान सहभागिता जनाउन पनि नयाँ वर्ष उत्सवको रूपमा विविध सांस्कृतिक कार्यक्रम सहित मनाउने भएको समाजका अध्यक्ष कर्साङ तामाङले जानकारी गराउनुभयो ।
नेपालबाट आमन्त्रित प्रमुख अतिथि कलाकार विश्व दोंङ र स्थानीय कलाकारहरुको साथमा जापानको टोकियोमा मनाउने निर्णय भएको समाजले जनाएको छ ।
समाजले आफ्नो स्थापना कालदेखि हरेक वर्ष ल्होछार कार्यक्रम मनाउँदै आइरहेको र यसवर्ष पनि भव्य सांस्कृतिक कार्यक्रम सहित टोकियोमा भव्यताका साथ मनाउने तयारी थालेको र कार्यक्रममा उपस्थितको लागि जापानवासी नेपालीहरुलाई उपस्थितको लागि उपाध्यक्ष तेजबहादुर थिङले अनुरोध गर्नु भएको छ।
तामाङ समाज जापानको आयोजनामा टोकियो लगायत नेपाल तामाङ समाज जापानको क्षेत्रिय समिति हरुको अयोजनामा विभिन्न ८ वटा शहरहरुमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको महासचिव जनक थोकरले बताउनु भयो।
यस्तो छ कार्यक्रमको तालिका
१. टोकियो, जनवरी १८ तारिख
2. कितो कान्तो, जनवरी १७ तारिख
3. ओकिनावा, जनवरी १९ तारिख
4. क्युश्यु, जनवरी २० तारिख
5. सेन्दाई, जनवरी २४ तारिख
6. शिजुओका, जनवरी १५ तारिख
7. ओसाका, जनवरी ३० तारिख
8. नागोया, जनवरी ३१ तारिख

