काठमाडौं । सुपरहिट फिल्मको दोस्रो श्रृंखला ‘जारी २’ ले ‘वेभ’ ल्याउने देखिएको छ । ‘जारी : सङ अफ च्याब्रुङ’ शुक्रबारदेखि नेपालसहित विश्वबजारमा रिलिज हुँदैछ ।
अन्तर्राष्ट्रिय बजार र नेपालमा शुक्रबार देशब्यापी फिल्मले २५८ शोज प्राप्त गरेको छ । ‘मनबिनाको धन’ ले ७६, ‘जेरी अन टप’ ले ४७, ‘प्रिडेटर : ब्याडल्यान्ड्स’ ले ४२ शोज र ‘द गर्लफ्रेन्ड’ ले ४१ शोज पाएका छन् ।
फिल्मको अन्तर्राष्ट्रिय वितरक सेभेन सिज इन्टरन्यासनलले पनि अन्तर्राष्ट्रिय बजारको विवरण बाहिर ल्याएको छ । जसअनुसार, यो फिल्म विश्वका १९२ लोकेसनमा रिलिज हुँदैछ ।
उत्तर अमेरिकाका ९५ , बेलायतका ३२, अस्ट्रेलिया- न्यूजिल्याण्डका २२, मध्यपूर्वका ४३ लोकेसनमा फिल्म प्रदर्शन हुने जनाइएको छ । फिल्मले अन्तर्राष्ट्रिय बजारमा पहिलो साता कम्तीमा ३,३६० वटा शोज पाएको सेभेन सिजले उल्लेख गरेको छ ।
उपेन्द्र सुब्बा निर्देशित फिल्मले पूर्ववर्ती भागले भन्दा निकै ठूलो परिमाणमा लोकेसन र शोज पाएको देखिन्छ ।
जारी २ को जापान शोज नोभेम्बर १६ मा टोकियोको तोशिमा सेन्टरमा हुने जनाएको छ ।

