शुक्रबार, बैशाख ०७, २०८१

गायक परियारको तिज कोसेली “झुम्के बुलाकी” बजारमा

टोकियो,२० साउन । हरितालिका तिज नजिकिदै गर्दा कलाकारहरुले तीजका भाकाहरु एकपछी अर्को गर्दै बजारमा पस्कि रहेका छन् ।
यतिबेला सबै जसो कलाकारले तिजलाई मध्यनजर गर्दै गितहरु बजारमा ल्याएका छन् । तिज पर्वमा गाईने गितहरुमा यसवर्ष केहि मात्रामा भएपनि मौलिकतालाई भेट्न सकिन्छ ।

यस्तै भिडमा तिज पर्वलाई मध्यनजर गर्दै गायक दिपक परियारको “झुम्के बुलाकी” नामक तिजगित बजारमा आएको छन । हिम सम्झौता डिजीटल प्रालिको गौरवमय प्रस्तुतीमा गायक दिपक परीयारको नयां तिज गित “झुम्के बुलाकी” युट्युब  मार्फत सार्वजनिक गरिएको हो ।

गुल्मी जिल्लामा जन्मिएर बुटवललाई कर्मथलो बनाउदै आएका गायक परीयार राष्ट्रिय स्तरमा चर्चा बटुल्दै छन । उनले विभिन्न विधाका गितहरु बजारमा ल्याइसकेका छन् ।

हालै बजारमा आएको तिज गित “झुम्के बुलाकी”मा तिज पर्वमा गाइने भाकालाई पाउन सकिन्छ । सोहि गितमा तीजमा नारीहरुले गाउने यथार्थ भाकालाई समेटिएको छ । गीतमा गायक दिपक परीयार र गायिका बिष्णु श्रीपालीकाे स्वर रहेकाे छ ।

गायक परीयार र नारायण बिपी परियारको शब्द रहेको गीतमा परियारले नै लय सङ्कलन गरेका छन् । एकिन्द्र सारा शंकरको निर्देशन रहेको भिडियोमा अजय परीयारर अपेक्षा बस्यालले अभिनय गरेका छन् । बासु बरालको छायाँकन, अमर शाक्यको सम्पादन रहेको छ ।