टोकियो । नेपाली बहुचर्चित चलचित्र ‘जेरी अन टप’ जापानमा रेड कार्पेट प्रिमियर हुने भएको छ ।
प्रिमियरको पुर्व सन्ध्यामा आज आईतबार चलचित्रका कलाकार, निर्माता तथा निर्देशकको उपस्थितिमा टोकियोमा पत्रकार सम्मेलन गरी अनमोल केसी, आञ्चल शर्मा र जसिता गुरुङसँग प्रत्यक्ष उपस्थितिमा नोभेम्बर ३ तारिख भोली सोमबार नाकानो जीरो हलमा रेड कार्पेट प्रिमियर हुने भएको हो ।
पत्रकार सम्मेलनमा नायक अनमोल केसी, नायिकाद्वय जसिता गुरुङ र आँचल शर्मा, निर्माताहरु रोविन शेरचन, ईश्वर श्रेष्ठ, सरोज न्यौपाने, निर्देशक सुयोग गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
सुयोग गुरुङ निर्देशित त्रिकोणात्मक प्रेमकथाको यो फिल्म पर्वतीय यात्राको क्रममा आउने सम्बन्धको उतारचढावको कथावस्तुमा आधारित देखिन्छ । अनमोलसहित फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, उषा खड्गीको अभिनय छ ।
पत्रकारको प्रश्नको जवाफ दिदै कलाकार अनमोलले विदेशमा पनि चलचित्रहलमा चलचित्र प्रर्दशन गर्न सकेमा राम्रो हुने बताउनुभयो । यस्तै निर्माता रोविन शेरचनले चलचित्र बाट प्राप्त हुने मुनाफा पुनस् नेपाली चलचित्र उधोगमा लगानि गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।


