सोमबार, असोज २१, २०८१

एनआरएनए जापानको अध्यक्षमा देबिलाल भण्डारी भिड्दै


शान्त पहरी,जापान,२० साउन । गैर आवासीय नेपाली संघ जापानको उपाध्यक्ष तथा समाजसेवी देवीलाल भण्डारी आगामी दुई बर्वे कार्यकालको लागी अध्यक्षमा भिड़ने भएका छन ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानमा २००८ साल देखि विभिन्न पदहरुमा रहि काम गरेका भण्डारी सफल व्यावसायिक पनि हुन ।
पुर्खौली स्यान्जा घर भएका भण्डारीले एक पटक अध्यक्ष पदको लागी मौक़ा दिन आग्रह गरेका छन ।

जापानको व्यस्त समयको वाबजुत पनी समाजको हरेक काममा सहयोगी भावना भरका भण्डारी जापानको विभिन्न सामाजिक कार्यहरुमा सहयोगी भई जिवनको भोगाईहरु ,अनुभवहरु साटने र समाजका लागि केहि गरौ भन्ने भावनालाई काम गर्ने एवं उत्साह थप्ने कार्यमा सधै सहयोग गर्दै अघि बढ़ने बढ़ीरहेका छन । उनले जीत हार जे भए पनी समाजसेवा निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन ।

यस्तो छः भण्डारीको प्रतिबद्धता

सम्पुर्ण जपानबासी दाजुभाई तथा दिदी बहिनीहरु
तथा सम्पुर्ण सघ संस्थाका महानुभवहरुमा नमस्कार ।

नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ जापानमा २००८ देखि विभिन्न पदहरुमा रहि काम गर्ने मौक़ा दिनु भएकोमा घन्यबाद ज्ञापान गर्दै जापानको विभिन्न सामाजिक कार्यहरुमा सहयोगी भई मेरो जिवनको भोगाईहरु ,अनुभवहरु साटने र समाजका लागि केहि गरौ भन्ने भावनालाई काम गर्ने एवं उत्साह थप्ने कार्यमा सधै
सहयोग गर्नु भएका मेरा अग्रज तथा समकक्षिहरुलाई आभार ब्यक्त गर्दै मेरो अनुभवहरु २०१७-२०१९ कार्यकालका लागि अध्यक्ष भई सबै जापानवासि नेपालीहरुमा सेवा गर्ने सोच रहेको जानकारी गराउन चाहान्छु ।

मेरो प्रतिबद्धता

क, जापानवासि नेपालीहरुमा मैले सबै प्रकारको समस्याहरुको लागि पहिले प्राथमिकता राखेर काम गरेको छु, त्यसलाई ब्यबस्थित बनाउने छु ।
ख, नामले परिचय होईन कामले परिचय दिने कामले परिचय दिने टिम बनाउने छु ।
ग, जापानवासि नेपाली सबैमा सकारात्मक सोच सहित आर्थिक र सामाजिकहितको लागि वातावरण बनाउने छु ।
घ, राजदूतबास सहित सबै सघ संस्थाहरुलाई गोलबन्द गर्दै नेपालको विकासको लागि काम गर्नेछु ।
ङ, सबै नेपाली नेपालको लागि भन्ने उदघोष सहित नेपाल चिनाउने विभिन्न कार्यक्रम सहित वार्षिक योजना बनाउने छु ।

समाजसेवा मेरो रोजाईको विषय हो । समाजको सेवाको लागि अवका दिनहरुलाई निरन्तरता दिदै भोलीका दिनमा अझै बढि समय देश र जापानवासि नेपालीहरु विच रहेर काम गर्न चाहान्छु । यो दुई वर्ष गैरआवाशीय नेपाली संघ जापानको आगामी २०१७ -२०१९ को कार्यसमितिमा बसि सबैलाई समेटेर अगाडि बढ़ने कोशिश गर्ने छु ।

देवीलाल भण्डारी
अध्यक्ष पदको उम्मेदवार
गैरआवाशीय नेपाली संघ जापान