शान्त पहरी,जापान,२० साउन । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी कार्यकालको लागि कोषाध्यक्षमा प्रेम प्रसाद कँडेलले उम्मेद्धारी घोषणा गरेका छन् ।
एनआरएनए जापानका कोषाध्यक्षमा उम्मेद्धारी घोषणा गरेका कँडेलले भने म चाप्लुसी र चिप्लो कुरा गर्न जान्दिन बोलेर होइन काम गरेर देखाउँछु त्यसैले पुरानो चोट निकोपार्न फेरीपनि कोषाध्यक्षमा उम्मेद्धारी दिएको हुँ ।
अनेक बुँदा समेटेर यो गर्छु र त्यो गर्छु भन्ने बुट्टा भर्नु भन्दा इमान्दार भएर जापानमा रहेका नेपालीको पक्षमा र थोरै भएपनि देशको हितमा केही गर्ने प्रण सहित कोषाध्यक्षमा उम्मेद्धारी दिएको हुँ प्रेम प्रसाद कँडेलले भने गुलिया, मिठा, चिप्ला कुरा गर्नु भन्दा सामान्य परिवारको दुखबाट हुर्केर आएको म एनआरएन जापानलाई कुक देखी विद्यार्थी अनि व्यवसाय र रोजगार गरिरहनुभएका सबै नेपालीको साझा संस्था हो भन्ने अनुभुती र आर्थिक रुपमा पारदर्शी बनाउने बाचा गरेका छन् ।
एक दशक देखी जापानमा रहँदै आएका कँडेलको स्थायी घर बाग्लुङ बिहुँकोट हो । उनले यसअघि एनआरएन कान्तो क्षेत्रको उपाध्यक्षका रुपमा समेत कार्यकाल विताइसकेका छन् ।
कँडेल दुई बर्षअघिको एनआरएन निर्वाचनमा झिनो मतले पछि पार्दै पराजित परेका थिए ।