बिहिबार, असोज २४, २०८१

एनआरएनए जापानको उपाध्यक्षमा पौडेलको उम्मेद्धारी घोषणा

टोकियो,१८ साउन । गैर नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी दुई वर्षिय कार्यकालको लागि शिवप्रसाद पौडेलले उपाध्यक्षमा उम्मेद्धारी दिएका छन् ।

कास्की पोखरावाट बिगत १२ बर्ष देखी जापान आई विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका पौडेलले आगामी कार्यकालको लागि उपाध्यक्षमा उम्मेद्धारीको बताउनु भएको छ ।

यस्तो छ पौडेलको अनुभम

जापानवासी दाजुभाई तथा दिदी बहिनी तथा सम्पुर्ण सघ संस्थाका महानुभवहरुमा नमस्कार ।

shib2नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अधिवेशनमा बिगत १२ बर्ष देखी जापानको विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै मेरा जिवनको भोगाईहरु,अनुभवहरु बटुल्दै आजका दिन सम्म आईपुग्दा विभिन्न संस्थाहरुमा बसेर काम गर्ने मौका दिनुहुने जापानबासी सबै सबैमा हार्दि नमन गर्दछु । बितेको एक दशकमा मैले नेपाल र नेपालीको हितमा के कति काम गरे त्यो तपाईहरुले नै मुल्याङ्कन गर्ने जिम्मा लगाउदै यस पटक एनआरएन जापानको उपध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । जापानमा बितेको दशक यता मैले नेपाल र नेपालीको हितमा आफुले सक्ने सहयोग गरेको छु ।

मैले यसो गरे र उसो गरे भनेर यहाँ लेख्नु भन्दा पनि यसको मुल्याङ्कन तपाईहरुले आउँदो अधीबेशनबाट गर्नुहुनेछ भन्ने अपेक्षा गर्न चाहन्छु । मैले के गरे र भोली गर्न सक्छु सक्दिन त्यसको जवाफ तपाईहरुले अवश्य पनि दिनुहुनेछ । ७० हजार भन्दा बढी नेपाली रहेको यो जापान कति संभवानाहरुको देश हो र कति पाईरहेका छौ कति गुमाईरहेका छौ ७० हजारको नेतृत्व कस्तो हुनुपर्छ यो पनि तपाई कै हातमा छ । समाजसेवालाई निरन्तरता दिदैँ भोलीका दिनमा अझै बढी समय देश र जापानवासी नेपालीहरुमा दिने बिश्वास दिलाउँदै तपाईहरुको विचमा यो दुई वर्ष गैरआवासीय नेपाली संघ जापानको आगामी २०१७-१९ को कार्यसमितिमा बसि सबैलाई समेटेर अगाडि बढ़ने कोशिस गर्ने छु ।

शिवप्रसाद पौडेल
केन्द्रीय  उपाध्यक्ष पदको उम्मेदवार
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान
मेरो अनुभव र प्रतिबद्धता
१, सन् २००२ मा विएससी सम्मको अध्ययन पुरा गरि २००२ बाट करिब ३ बर्ष नेपालको पोखरा अध्यापन ।
२, सन् २००५ मा जापानमा प्रबेश गरि जापानिज भाषा र प्राबिधिक कलेज सकी जापानिज आइटी कंपनिमा म्यानेजर बनि काम गरेको अनुभब ।
३, २०१५ बाट जापानमा आइटी र जापानमा नै नेपालीको पहिलो स्वामित्वमा रियल स्टेट कम्पनी फ़ुदोसान संचालन गर्दै नेपालीहरुबिच सेवामुलक र प्राविधिक युक्त सेवा दिदै आएको । यस बिचमा नेपालीहरुको घर घरमा गई सेवा उपलब्ध गराउदै आएको र जापानिज भाषागत समस्यालाइ न्युनिकरण गर्दै नेपाली नेपाली बिचमा भाइचाराको अभिबूद्दि गर्ने शोच बोक्दै नेपालीहरुलाई अति महत्वपूर्ण रुपमा घर तथा रुमको ब्यबस्था गर्दै आएको ।
४, नेपालीहरुको बिचमा सहज ,सजिलो ,नम्र स्वाभाब सबै संग मिल्न सक्ने ।
५, हरेक घर छॊड्नु परेकोले पारिबारीक बिछोडमा परेका नेपालीको समस्या र शुखि नेपालीहरुको भावना बुझि दुख सुखमासंगै रमाउने भाबना भएको ।

संस्थागत
१, नेपालबाट अध्यापनमा लामो अनुभब र बिभिन्न सघ संस्थाहरुमा सक्रिय भुमिका खेलेको ।
२, जापानमा क्रियाशील सस्था डीबीय मा २ बर्ष महासचिबको भुमिका निभाएको ।
३, २०१४ बाट २०१६ सम्ममा कास्की पोखरा समाज जापानको महासचिब र २०१६ बाट अध्यक्षमा रही काम गर्दै आएको
४, २०१५ बाट २०१७ सम्म एनआरएनए जापान कान्तोको सल्लाहाकार
जनसेवा
१, कास्की पोखरा समाज अन्तर्गत मेरो सक्रियतामा कास्कीका २ बटा ग्रामिण स्कुलमा गरिब तथा दलित ५०र५० हजारको छात्रवित्रि स्थापना गरेको ।
२ ,कास्कीको सेतिनदिमा आएको बाढिमा परि मूत्यु एवं धाईतेहरुलाई सहयोग प्रदान गरेको ।
३, २०११ सालमा गएको जापानको महाभुकम्पमा आर्थिक सहयोग तथा फ़ुकुसिमा लगाएतका स्थानमा गैई पिडितहरुमा मलम लगाउने काम गरेको ।
४, २०१५ सालमा कास्कीको लुम्ले स्थीत गएको बाढितथा पैरोमा परेको स्थानमा कास्की पोखरा समाज अन्त्रगत घटना स्थलमा संलग्न भै पानी ट्यान्की निर्माणको लागी र अन्य पिडित ब्यक्तिको लागी करिब ४ लाख बितणरण गरेको ।
५, मुख्य गरि कास्की जिल्लासहित नेपालका अन्य सबै स्थानमा पनि विविध समस्या रहेकाहरुलाई सहयोग गरेको ।
६, जापानस्थित हरेक संघ सस्थाहरुले गरेका हरेक कार्यक्रममा गेिवल होम अन्तर्गत प्रत्यक्ष सहभागिता जनाई आर्थिक सहयोग गरेको ।
७, जापानमा २०११ साल देखिनै जापानले गरेका नेपाल फ़ेस्टीबल लगायत अन्य समाजिक उत्थानका क्रियाकलापमा प्रत्यक्षरुपमा सहभागिता रहेको ।
८, कम्पनि अन्तर्गत ब्यावसायिक मात्र नभई जापानबासी नेपालीहरुको विभिन्न समस्याहरुलाई निःशुल्क रुपमा कागजपत्रहरु बनाउन सहयोग गरेको ।

धन्यबाद ।