सोमबार, कार्तिक ११, २०८२

घुम्टे युवा परिवार जापानले चौथो सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिता गर्ने

दिनेश थापा, टोकियो । घुम्टे युवा परिवार जापानले आगामी अक्टोबर २७ तारिक सोमबार दिन जापानमा चौथो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।
सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ़नो छुट्टै पहिचान स्थापित गरेको क्लबले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष नारायण थापाले बताए ।

घुम्टे युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको पृष्ठभूमिमा रहि प्रवासमा रहेका खेलाडीहरूको हौसला वृद्धि गर्न शाखाले आवश्यकता देखेकोले प्रतियोगिताको आयोजना गरिन लागेको कार्यक्रम संयोजक कल्पना खड्काले बताउनु भयो। उनका अनुसार प्रतियोगितामा जापानमा रहेका विभिन्न सामाजिक संघ संस्था लगायतबाट उत्साहपूर्ण रूपमा प्रतियोगी टिमको सहभागिता रहनेमा विश्वस्त रहदै भने-“प्रवासमा रहेरपनि भलिबल खेललाई निरन्तरता दिन प्रतियोगिताको आयोजना गरिएकोले सहभागिताको लागि सबैमा अनुरोध गर्दछौ

संस्थाका सचिव प्रकाश केसीका अनुसार हामी जापानको व्यस्त जीवनशैलीभित्र पनि नेपालको राष्ट्रीय खेल भलिबलको विकास गर्नुका साथै नेपालीपन जगेर्ना गर्ने प्रयत्नमा लागिपरेका छौ भलिबल प्रतियोगिता हाम्रो संस्थाको एउटा यस्तो प्रयास हो, जसले हाम्रो समुदायलाई सकारात्मक ऊर्जा, सहकार्य, र भाइचाराको भावना ले जोड्नेछ। विगतका वर्षहरुमा संचालन गरिएका प्रतियोगिताको अनुभव र सिकाईलाई ध्यानमा राखेर जापानमा संचालन गरिने अन्य भलिबल प्रतियोगितालाई समेत नमूना प्रस्तुत गर्ने गरि क्लबले खेल संचालन गर्न आवश्यक तयारी गरेको सचिव केसीले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख ५५ हजार ५५५ नगदसहित सिल्भर रनिङ कप,प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई २ लाख ३३ हजार ३३३ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र, र सान्त्वना दुई टिमलाई नगद ५५ हजारसहित प्रमाणपत्रको पुरस्कार रहेको छ । प्रतियोगिता ५ विधाका ५ जनालाई उत्कृष्ट छनोट गरि नगद, प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिने छ प्रतियोगितामा खेलाडी ८ जना र अफिसियल २ सहित १० जनाको सहभागिता रहन सक्नेछ हरेक सहभागि टिमले नेपालको प्रदेश वा सो सरह भन्दा माथि खेल खलेका खेलाडी बढिमा २ जना समावेश गर्न पाउनेछन् टीम दर्ता शुल्क ४५ हजार येन तय गरिएको छ खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने छ। भने खेल 大阪府堺市堺区大浜北町5-7-1 Gymnastics center को खेल मैदानमा बिहान ९ बजेदेखि बेलुका ४:३० बजेसम्म संचालन हुने छ ।
खेल प्रतियोगिताको टाईसीट अक्टोबर २५ तारिक ५ बजे सार्वजनिक गरिनेछ टाईसिटमा प्रतियोगिताको समय समेत उल्लेख गरिनेछ तोकिएको समयमा खेलमैदान प्रवेश नगर्ने टिमलाई अन्तिम ५ मिनेट समय उपलब्ध गराईनेछ यदि सो समयमा उपस्थित नजनाएमा वाक ओभर समेत दिने निर्णय रहेको खेल संयोजक रबि केसीले बताए ।