शनिबार, फागुन १२, २०८०

परदेशको दुखलाई समेटेर देश फर्किने गरि अमृत र जिवनको उत्कृष्ठ तिज गित

टोकियो,१८ साउन । परदेशको दुखलाई समेटेर सबैलाई स्वदेश फर्किउ फर्किउ बनाउने गरि गायक अमृत खातीको स्वर र जिवन अर्यालको शब्दमा उत्कृष्ठ तिज गित परदेशी बजारमा आएको छ ।

उक्त गितको म्यूजिक भिडियो जापानमा तयार गरेको छ ।  गोरखा चौतरीले प्रस्तुत गरेको उक्त परदेशी गित गायक अमृत खाती र गायिका मनिषा मैनालीले स्वर दिएका छन् ।सो  गीत जीवन अर्यालको शब्द तथा  मोडेलिन दिनेश अर्याल र जीवन अर्याल गरेका छन् भने संगीत अमृत खाती ,सम्पादन प्रेम बलम्पाकी, क्यामेरा रोशन कार्कीले गरेको हो भने हाइलाइट्स नेपाल प्रालिवाट बजारमा आएको छ ।