सोमबार, भदौ ३१, २०८१

एनआरएनए जापानको सदस्यमा मिलन कँडेलको उम्मेद्धारी

टोकियो,१८ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०१७-२०१९) का लागि  खुला केन्द्रिय सदस्य पदमा मिलन कंडेलले उम्मेदवारी घोषणा गरेका छ ।

आदरणीय अग्रज एवम प्रिय साथिहरु,
नमस्कार !

मेरो एनआरएनए जापानको खुला सदस्य पदमा उम्मेदवारी घोषणा !!!

मैले प्रवासमा रहदै गर्दा अन्तर मन ले विश्वाश गरेको संस्था एन आर एन हो र मन वचन अनि कर्मले सन् २०१४ विगत ४ वर्ष देखि नै आफु लाइ समाहित गर्दै आएको पनि छु। आफ्नो विद्यार्थी जिबन देखि नै म यस संस्थाको शुरुवाती देखि नै आवद्ध रहदै आए (तपाइँ हामी सवै लाइ थाहै छ विधार्थी जीवन कति चुनैतिपूर्ण छ भनेर) र स्वयंसेवी रुपमा आफुले जे जति सके सिक्दै गए सकेको सहयोग र सेवा लाइ निरन्तरता दिदै आइ रहे । विशेषत एन आर एनको विश्वव्यापी अभियान र एन आर एन जापानकै हकमा पनि मेरो अटुट विश्वाश,आसध्य धेरै श्रद्धा र सम्मान छ । यस आभियानमा प्रतक्ष्य,परोक्ष संलग्न सवै प्रति मेरो ठुलो सम्मान र श्रद्धा छ र रही रहने छ । सस्था लाइ मैले अत्यन्तै सम्मान गर्दछु र यस पवित्र संस्थाले प्रवासी नेपालीको हक मा र मातृभूमिको लागि पनि निकै धेरै राम्रा काम गरेको छ र उक्त काम हरुको जति नै प्रशंसा गरेपनि कमै हुन्छ ।

एन आर एन जापानले पनि आफ्नो स्थापना काल देखि धेरै राम्रा काम हरु गर्दै आइ रहेको छ र मेरो मान्यता के हो भने यस संस्था लाइ नेतृत्व दिन अनुभवी, लगनशील, वौद्धिक र उर्जाशील नेतृत्व आवश्यक छ । यसै परिपेक्षमा आगामी २०१७ – २०१९ को नया नेतृत्वका लागि खुला सदस्य पदमा उम्मेदवारी घोषणा गर्न चाहन्छु । आगामी कार्यकाल मा एन आर एन ए अन्तरास्ट्रिय समन्वय परिषद र एन आर एन जापान को कार्यविधि आनुसार यस का उद्येश्य वमोजिम निम्न क्षेत्रमा रहेर थप काम गर्ने प्रण गर्दछु ।

१. एक एन आर एन एक लगानी एक रोजगारी – सामुहिक लगानी लाइ पर्बर्धन गर्ने गरि ।

२. सामाजिक कल्याणकारी कोष (भै परि आउने सामाजिक दुखद घटना (विशेषत: विधार्थी सहित सवै सवै प्रवासी नेपालीका लागि सहयोगी कोष ) ।

३. एक नेपाली एक घण्टा नेपालका लागि – विशेषत पर्यटन पर्वर्धन गरि नेपाल र नेपालि लाइ सहयोग गर्ने ।
४. एन आर एन जापानको विधिबध कार्यालय स्थापना ।

५. जापान स्थित सवै सवै नेपाली व्यवसायी र व्यवसायको हक हित र विकासका लागि – व्यवसायिक सम्मेलन ।

माथि उल्लेखित वुँदा को विस्तृत व्याखा र विवेचना सहित म प्रस्तुत हुँदै जानेछु ।
सामाजिक नेतृत्व आफै मा एक भिन्न र विशिस्ट नेतृत्व हो र यस सामाजिक संस्था र अभियान मा संलग्न सवै सवैमा उच्च सम्मान प्रकट गर्न चहान्छु ! सदा झैँ याँहा हरुको सकारात्मक सल्लाह, सुझाव र प्रतिक्रिया प्रति अनुग्रहित रहनेछु ! जय नेपाल ! जय एन आर एन !!
मिलन कंडेल
एनआरएनए जापान
२०१७ – २०१९
खुल्ला केन्द्रिय सदस्य उम्मेद्बार