आइतबार, कार्तिक १०, २०८२

प्रथम नेपाल फेस्टिवल २०२५ गुन्मामा कन्दरा ब्याण्डले ३२औं वार्षिक उत्सव मनाउने

जापान । गुन्मामा आयोजना हुने प्रथम संयुक्त नेपाल फेस्टिवल २०२५ मा कन्दरा ब्यान्डको ३२औँ वार्षिक उत्सव साथै सम्मान कार्यक्रम विशेष रूपमा मनाइने भएको छ ।
प्रथम नेपाल फेस्टिवल २०२५ आयोजक समितिले शुक्रवार एक विज्ञप्ति प्रकाशन गरी कन्दरा ब्याण्ड स्थापनाको ३२औं वार्षिक उत्सव गुन्मा केनमा मनाउने लागेको हो ।
भोली सेप्टेम्बर ६ र पर्सी ७ तारीख (शनिबार र आइतबार) का दिन मिशोसाकु पार्कमा हुन गईरहेको प्रथम नेपाल फेस्टिवल २०२५ सहभागी हुन फेस्टिवल आयोजक समितिका संयोजक सोनाम लामाले अपील गर्नु भएको छ ।
एनआरएनए जापान क्षेत्रीय समिति गुन्माको मुख्य संयोजन र विभिन्न १० संस्थाहरूको संयुक्त आयोजनामा नेपाल र जापानबीचको सांस्कृतिक, सामाजिक र भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि आयोजना गरिएको यस भव्य महोत्सवमा विविध सांस्कृतिक प्रस्तुति, नेपाली खानपान, मनोरञ्जन र परिवारसहित रमाइलो गर्न सकिने कार्यक्रमहरू रहनेको एनआरएनए जापान क्षेत्रीय समिति गुन्माका संयोजक रामलाल तामांगले बताउनु भयो ।
🕙 समय: बिहान १०:०० बजे देखि साँझ ६:०० बजे सम्म
📍 स्थान: Mishosaku Park, Gunma, Japan
🎟️ प्रवेश: निःशुल्क (FREE ENTRY)