शनिबार, बैशाख ०५, २०८३

राससको महाप्रबन्धक पदमा पत्रकार सन्दीप राई नियुक्त

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा पत्रकार सन्दीप राई नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

दुई दशकदेखि पत्रकारितामा सक्रिय राई पाँचथरको फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् । मोफसल र काठमाडौँमा विभिन्न सञ्चारमाध्यममा काम गरेको उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकको रूपमा पनि काम गरिसकेका छन् ।