बिहिबार, बैशाख १७, २०८३

बुद्ध जयन्तीका अवसरमा बौद्धमा कविता वाचन प्रतियोगिता

काठमाडौं  । २५७० औं बुद्ध जयन्तीको पावन अवसरमा श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा बुद्ध जयन्ती मुल समारोह समितिद्वारा आयोजित सप्ताहव्यापि कार्यक्रम अन्तर्गत तेस्रो कार्यक्रम विद्यालय स्तरीय” कविता वाचन  प्रतियोगिता” सम्पन्न भएको छ ।

बिहिवार बौद्धस्तूप परिसरमा भएको उक्त कविता वाचन प्रतियोगितामा जाेसेफ ईन्टरनेशनल पब्लिक स्कुलकि भावना बराल प्रथम,मनकामना मा.वि.की निलिशा थापा द्वितिय, अरूणिमा माध्यमिक विद्यालयकी सन्जिता कटुवाल तृतीय र बौद्ध सेकेन्डरी ईङ्लिस स्कुल दिपिकी सिंनजाली स्वान्त्वना स्थान हात पार्न सफल भएकी छिन् ।

बुद्ध जयन्तीकाे अवसरमा `शान्ति र अंहिसा´ शिर्षकमा भएको उक्त कविता प्रतियोगितामा शाङ्ग्रीला पब्लिक स्कुलकि स्नेहा अर्याल, लर्ड बुद्ध माध्यमिक विद्यालयका अर्जुन विक,अल्माईट आईडेल माेडेल स्कुलकी सृष्टि शिग्देल,हाेलि एन्जल पब्लिक स्कुलकी करिना तामाङ, रिम्स् स्कुलका दिप दर्शन न्याैपाने,मदन भण्डारी मेमोरियल स्कुलकी ला साङ्बाे शेर्पा, खुशी लामा लगायत विद्यार्थीहरूले आ-आफ्नाे कविता प्रस्तुत गरेका थिए ।

कविता वाचन प्रतियोगिताको निर्णायक मण्डलमा गाेविन्द घिमिरे वेदमणि,रत्न राज्य क्याम्पसका उप प्राध्यापक  श्रीराम न्याेपाने, शिक्षाविद् देवी घिमिरे थिए । यस्तै, कार्यक्रममा अतिथि कवि विश्वनाथ तामाङले देशकाे समसामयिक विषयलाई केन्द्रित कविता प्रस्तुत गरेका थिए ।  बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष राजेन्द्र कुमार लामाले बुद्ध जयन्तीकाे शुभकामना व्यक्त गर्दै प्रतियोगिताहरूमा सहभागी सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूलाई धन्यवाद दिए ।

गुठीका सचिव धरम विर लामाले २०७० औं बुद्ध जयन्तीकाे अवसरमा आयाेजना गरिएको विविध कार्यक्रम समापन गरिएको बताँउदै भाेलि बुद्ध जयन्तीकाे दिन बिहान ९ बजे औपचारिक कार्यक्रम गरि प्रतियोगिता सहभागी भई प्रथम,द्वितिय,तृतिय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाइ पुरस्कार वितरण गरिने जानकारी दिए । साथै, उनले बुद्ध जयन्ती विशेष पूजापाठ र दिउँसो ३ बजे बृहत् शान्ति र्याल निकालिने हुँदा विभिन्न संघ संस्था, सम्पूर्ण गुठियार, विद्यालयका विद्यार्थी तथा शिक्षक लगायत स्थानीय बौद्ध धर्मावलम्बीहरूलाइ कार्यक्रममा उपस्थिति हुन आव्हान गरे । बुद्ध जयन्ती विशेष कार्यक्रम अन्तर्गत आज कविता वाचन, बुधबार वक्तृत्वकला तथा चित्रकला र मंगलबार विद्यालयस्तरिय हाजिरिजवाफ प्रतियोगिता गरिएको आयाेजकले जानकारी दिएकाे छ।

कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक माेहन कुमार लामा, गुठीका पूर्व अध्यक्ष एवं सल्लाहकार दिपेन्द्र लामा,श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठिका अध्यक्ष एवं  शिक्षाविद् खड्ग जित लामा, विद्यालयका शिक्षक तथा विद्यार्थीहर, सामुदायिक प्रहरी, पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे ।

यसमा तपाईको प्रतिक्रिया