जापान । म्याग्देली प्रवासी नेपाली संघ (मोना) , जापानको नवौ महाधिवेशन टोकियोमा सम्पन्न भएको छ ।
टोकियोमा आईतबार मोना जापानको ९औं महाधिवेशन मोना आईसीसी अध्यक्ष ददीवल खड़काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । महाधिवेशनले गणेश श्रेष्ठको नेतृत्वमा नयाँ राष्ट्रीय कार्य समिति जापान चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष गणेश श्रेष्ठसहित वरिष्ठ उपाध्यक्षमा टिका छन्त्याल रहेका छन्। उपाध्यक्ष पदमा प्रकाश तुलाचन, महेन्द्र चोखाल, सागर कार्की, हिरा बुढाथोकी, पवित्रा पुन, धनमाया पुर्जा र रेखा केसी चयन भएका छन्। क्षेत्रीय उपाध्यक्षमा उज्ज्वल बानियाँलाई चयन गरिएको छ ।
महासचिवको जिम्मेवारी सुरेश पुनले पाएका छन् भने सचिवमा गणेश बानियाँ, क्षेत्रीय सचिवमा सुरेन्द्र लामगाडे रहेका छन्। कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की, सह–कोषाध्यक्षमा दिपक सुवेदी, महिला संयोजकमा उषा हमाल, साँस्कृतिक संयोजकमा छविसरा पुर्जा र युवा संयोजकमा गणेश छन्त्याल चयन भएका छन्।
सदस्य पदमा विवेक खडका, गणेश गीरी, प्रविन केसी, इश्वर सुवेदी, नवराज भण्डारी, नविन खत्री, सम्झना खडका, गोकुल कार्की, सिजन शाही, भगवती क्षेत्री, राजेन्द्र छन्त्याल र विनोद रेग्मी रहेका छन्।
अधिवेशनमा नयाँ नेतृत्वले संस्थाको क्रियाकलापलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

