काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष भण्डारीले शपथ लिएकी हुन् । भण्डारीले शपथ लिएपछि स्थायी कमिटीको बैठक सुरु भएको थियो ।
भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो । वरिष्ठ उपाध्यक्षको रूपमा उनी एमाले बैठकमा सहभागी भएको यो पहिलोपटक हो । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष थिइन् ।

