काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । राष्ट्रपति निर्वाचित भएपछि एमालेको सदस्यता त्यागेकी भण्डारी ११ वर्षपछि एमाले बैठकमा सहभागी भएकी हुन् ।
उनलाई एमालेको वरिष्ठ नेता मनोनीत गरिएको छ। बैठकमा अध्यक्ष केपी ओली, वरिष्ठ नेता विद्या भण्डारीलगायत सहभागी छन् । भण्डारीले शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको छ ।
केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई प्रत्यायोजन गरेका एजेन्डामाथि स्थायी कमिटी बैठकमा छलफल गरी आवश्यक निर्णय गर्ने कार्यसूची रहेको छ ।

