जापान । एशिया केन्द्रित वृत्तचित्रहरूको प्रतिष्ठित अनलाइन प्लेटफर्म Asian Documentaries द्वारा आयोजना गरिने “एशियन डकुमेन्टरीज फिल्म फेस्टिवल 2025 अगस्ट 2 (शनिबार) र अगस्ट 3 (आईतबार) का दिन टोकियोमा सम्पन्न हुने भएको छ।
यस फेस्टिवलको शुरुवात बेलायतको निर्माण कम्पनीले तयार पारेको नेपालको चर्चित वृत्तचित्र “Snowland” बाट शुरु गरिने भएको छ। उक्त प्रदर्शनीमा बिशेष अतिथीको रुपमा नेपाल-जापान सम्बन्धका ज्ञाता, जापानी मिडियामा सकृय तथा कानागावा अन्तराष्ट्रिय फाउन्डेशनमा कार्यरत र हाल चुकुबा विश्व विध्यालयमा पार्ट टाइम प्राध्यापक समेत रहनुभएको जिज्ञान कुमार थापाले सम्बोधन गर्नुहुने भएको छ। एशिया महादेशका करिब ४० देशबाट चयन गरिएका ३६० भन्दा बढी वृत्तचित्रहरूबाट २ दिनमा १० वटा प्रदर्शन गरिनेछ ।
फेस्टिवलको विस्तृत जानकारी र कार्यक्रमसूची यहाँ हेर्न सकिन्छ:
“Snowland”
कार्यक्रम विवरण:
https://www.asiandocs.net/snowland

