शुक्रबार, बैशाख ११, २०८३

नेपाली दूतावासले ओसाकामा जुलाई २८ तारिख ‘नेपाल डे’ समारोह मनाउने

जापान । नेपालको राष्ट्रिय दिवस अर्थात् नेपाल डे विशेष समारोह यस पटक ओसाकामा हुने भएको छ ।टोकियोस्थित नेपाली राजदूतावासले एक विशेष समारोहको बीच राष्ट्रिय दिवस जुलाई २८ अर्थात् २०८२ श्रावण १२ गते सोमबारका दिन नेपाल दिवस मनाउन लागेको जानकारी दिएको हो ।
ओसाकामा संचालन भईरहेको विश्व प्रदर्शनीमा नेपाल पेभिलियन पूर्ण रूपमा सञ्चालनमा आएसँगै दूतावासले राष्ट्रिय दिवसको यो समारोह विश्व मञ्चमा नेपालको उपस्थिति र स्वाभिमानलाई थप उचाइमा पुऱ्याउने अपेक्षा गरि ओसाकामा मनाउन लागेको हो ।

जापान सरकारसँगको सहकार्यमा नेपाल डे मनाउने निर्णय भए अनुसार कार्यक्रम गर्न लागिएको जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जानकारी दिनु भयो । राजदूत डा. सुवेदीले ‘नेपाल डे’ समारोहको तयारीको लागि आज नै ओसाका पुग्ने कार्यक्रम रहेकोले भोली सोमवार सबै नेपालीलाई ओसाका राष्ट्रिय दिवस समारोहमा सहभागिता जनाउन सार्वजनिक अपिल गर्नु भएको छ ।
कार्यक्रम दुई चरणमा आयोजना हुनेछ। पहिलो चरणमा, सहभागीहरूलाई सोमवार अपरान्ह ३ बजे नेपाल पेभिलियनमा भेला हुने र त्यहाँबाट नेपाल सहित जापान लगायत देशको पेभिलियनहरूको भ्रमण गरि ४:३० बजे एक्स्पो परिसरभित्र रहेको नेशनल डे हलमा नेपाल दिवसको मूल तथा औपचारिक समारोह सुरु हुने दूतावासले जनाएको छ ।

नेपालले ओकाका एक्स्पोमा आफ्नै मौलिक डिजाइन र लगानीमा नेपाल मण्डप ढीला गरी भए पनी निर्माण सम्पन्न गरी विश्वभरका आगन्तुकलाई स्वागत गरिरहेको छ ।

१५८ देशको सहभागिता रहेको एक्स्पोमा नेपालको ह्यान्डीक्र्याफ्ट आइटम र हिमाली भेगमा पाइने रैथाने बाली, नेपाली चिया तथा कफीको प्रदर्शनीमा राखिएको छ । ओसाका एक्स्पो गत अप्रिल १३ तारिखबाट सुरु भएको एक्स्पो अक्टोबर १३ तारिखसम्म चल्ने छ ।