शुक्रबार, बैशाख ११, २०८३

एनआरएनए जापानको अध्यक्ष पदमा युवा ब्यवसायी लामिछानेले उम्मेदवारी दिने घोषणा

जापान । गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको आगामी कार्यकालका लागि अध्यक्ष पदमा युवा ब्यवसायी सुभाष लामिछानेले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एनआरएनए जापानमा प्रवक्ता हुँदै बर्तमान उपाध्यक्षको जिम्मेवारी वहन गर्दै आएका लामिछानेले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने जानकारी दिए ।
जापानका फ़िल्म बज़ार र विभिन्न इभेण्ट ब्यवस्थापन गरेका लामिछानेले सामाजिक कार्यमा पनी सक्रियता छन्।
लामिछानेले एनआरएनए जापानको आगामी कार्यकाल २०२५–२०२७ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरि आगामी जुलाई १२ शनिबारका दिन औपचारिक उम्मेदवारी घोषणा गर्न लागेका छन्।
लामिछानेले जापानमा रहेका नेपालीहरूको हकहित, सामाजिक सुरक्षा, सांस्कृतिक पहिचान संरक्षण र सरकारी सेवा पहुँच जस्ता क्षेत्रमा एनआरएनएले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।
संस्थालाई अझ पारदर्शी, समावेशी र परिणाममुखी बनाउँदै अगाडि बढाउने मेरो अठोट छ।’ लामिछानेले संस्थागत विकास र नीति निर्माणमा अनुभवको निरन्तरताले मात्र दीर्घकालीन समाधान सम्भव हुने दाबी गरेका छन्।
अधिवेशन नजिकिँदै गर्दा लामिछानेले अबको नेतृत्व अनुभव र कार्यदक्षतामा आधारित हुनुपर्छ भन्ने सन्देश सार्वजनिक रूपमा दिएका छन्। लामिछानेले २०२१–२०२३ को कार्यकालमा प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका थिए भने हाल २०२३–२०२५ मा उपाध्यक्षको रूपमा क्रियाशील छन्।

उम्मेदवारी घोषणा सभा
📅 मिति: २०२५ जुलाई १२ (शनिबार)
⏰ समय: दिउँसो २:००~४:०० बजे
📍 स्थान: Bamboo chhee Hall, Shin-Okubo, Tokyo