मिरा राजभभण्डारी अमात्य ।
भिनिन्न बहानामा काम गर्नैका लागि पिसी समेत गरेर जापान पुग्ने थुप्रै थिए – नाम एउटा हुन्थ्यो बोलाउने वास्तविक आर्कै । हुनत धेरै जसो त पैसा कमाउन कै लागि पुगेका हुने तर केही त्यस्ता पनि थिए जो माओवादी द्वन्द्वका कारण दोहरो मारमा परेका – घर परिवार छोडेर बिदेशिन कसलाई मन लाग्दो हो र ?
तर खोइ जापान पुगेर पैसा कमाउन थालए पछी घर परिवार समाज सब बिर्सिदा रैछन् कोइकोइ पैसाको बलमा फुरुक्क हुने, अरुलाई मान्छे पनि नगन्ने – तर कोइ त्यस्ता पनि थिए जसले जापानको सरसफाइ, देशप्रती को प्रेम,काम प्रतीको इमान्दारिता र लगाव, दायित्व र कर्तब्य पराएनका जिबन दर्शन जापानीहरु बाट सिक्ने – शायद यो प्रभाव त मानिसमा हुने आफ्नै केमिस्ट्रीको आधार मा पर्ने होला – कोइ राम्रो साकारात्मक् कुरा सिक्छन कोइ नराम्रो !
नागोया रेलवेस्टेशनमा एक दिन २५ बर्ष जतीको लक्का जवान लाई कागजको कार्टुन ओछ्याएर माग्दै बसेको देखें अचम्म लाग्यो त्यतिको जवान मान्छेलाई जापान जस्तो खाइसा नै खाइसा रहेको देशमा माग्दै बसेको देख्दा ! जबकी बिदेशी काम्दारलाई भन्दा लग्भग डबल तलब प्राप्त हुन्छ निहोन्जिन हरु लाई – त गरीबी भन्ने कुरा मानसिकताले तय गर्दो रैछ भन्ने कुरा मैले त्यही देशबाट सिके पनि ।
एउटा अर्को कुरा पनि – नेपालमा खासै मेहनत नगरेकाहरु पैसा कमाये पछी र सानसँग जीवन जिउन थालए पछी देश फार्किन नपर्ने जस्तो पनि गर्द रैछन् – साग सब्जी किन्न अली पुरानो गाडी प्रयोग गर्ने र अरु बेला चम्चामाउदो गाडी लिएर हिन्नु सानका कुरा हुन्थे होलान तर इम्मिग्रेशनले पक्रेर नेपाल पठाइ दिये पछी नेपालमा रिन परेको घरमा रित्तै बनेर पुग्दा कती दु:ख पाये होलान त्यसको अन्दाजा गर्न सकिन्छ – तर केहीले बुद्दी पर्याउन्छन, आफ्नो परिवार समाज प्रति दायित्व बिर्सदैनन, थोरै कमाउछन – रमाउन्छन, देश फर्किन्छन,
जापानबाट सिकेका स्किलहरु प्रयोग गर्छन्, राम्रो गुणस्तरीय जिबन जिउन्छन – शय्एद यो पनि तिनिहरुको आफ्नै केमिस्ट्रीले काम गरेको होला है ?
प्रसँग जापानमा अवैध काम गर्नेहरु का – फरक प्रसँग फरक बिचार आज लाई येति