आइतबार, असार २९, २०८२

प्रवासी नेपाली मञ्चले जापानको ३ शहरमा प्रशिक्षण कार्यक्रम गर्ने

टोकियो । प्रवासी नेपाली मञ्च जापानले नेकपा(एमाले)का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा आन्तरिक प्रशिक्षण तथा खुला अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।
एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्चले आन्तरिक प्रशिक्षण सहित जापानको मुख्य तीन शहरमा खुला अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको हो ।
जापानमा रहेका नेपालीहरूसंग प्रवासको चुनौती र राज्यले गर्नु पर्ने सहयोग लगायत विषयमा खुला अन्तरक्रिया कार्यक्रम समेत आयोजना हुने अध्यक्ष कुलचन्द्र खरेलले जानकारी दिनुभयो ।
खुला कार्यक्रममा उपस्थितिको लागि संघ-संस्थाका नेतृत्वहरूलाई निमन्त्रणा गरेको छ।
प्रवासी नेपाली मञ्च जापानको आन्तरिक प्रशिक्षण कार्यक्रममा मञ्च सम्वद्व सदस्य तथा सल्लाहकारहरूको उपस्थित हुने सचिव राजेन्द्र श्रेष्ठले बताउनु भयो ।

नागोयामा आन्तरिक प्रशिक्षण हुने
प्रवासी नेपाली मञ्च जापानले १ फेव्रवरी २०२५ नागोयामा
आन्तरिक प्रशिक्षण हुने भएको छ । बिहान ११ बजबाट आन्तरिक प्रशिक्षण हुने नागोयाका क्षेत्रीय अध्यक्ष नरेश राईले जानकारी दिनुभयो । जापानबाट प्रतिनिधित्व गर्नु हुने अन्तर्राष्ट्रीय कमिटीका सदस्य ,पुर्वी एशिया महादेशीय संयोजक,सदस्यहरू ,राष्ट्रिय कमिटीका सल्लाहकारहरू,चुवु क्षेत्रिय कमिटी नागोया, कान्साई क्षेत्रीय कमिटी ओसाका, क्यूस्यू क्षेत्रिय कमिटी फुकुओका तिन वटै क्षेत्रका मञ्चका सदस्यहरूलाई राखेर प्रशिक्षण गराउन लागेको हो ।

टोकियोमा फेव्रवरी २ तारिख अन्तरक्रिर्या कार्यक्रम हुने
नेकपा(एमाले)का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा खुला अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । प्रवासी नेपाली मञ्च जापानले आन्तरिक प्रशिक्षण बिहान १० बजे देखी ३ बजेसम्म र त्यस पश्चात् जापानवासी संग खुला अन्तरक्रिया कार्यक्रम हुने भएको हो ।
आन्तरिक प्रशिक्षण कार्यक्रममा अन्तर्राष्ट्रीय कमिटीका सदस्य ,पुर्वी एशिया महादेशीय पदाधिकारी तथा सदस्यहरू, राष्ट्रिय कमिटीका सल्लाहकारहरू, विभागका सदस्यहरू कान्तो क्षेत्रिय कमिटि, गुन्मा क्षेत्रिय कमिटी, तोहोकु क्षेत्रिय कमिटी सेन्दाईबाट उपस्थित हुने जनाएको छ ।

ओकिनावा प्रशिक्षण र अन्तरक्रिया
एमाले केंद्रीय सदस्य डा.सूर्य प्रसाद पाठकको प्रमुख उपस्थितिमा ओकिनावामा फेव्रवरी ९ तारिख दिउसो १ बजे देखी ५ बजे सम्म प्रशिक्षण हुने छ ।
ओकिनावा क्षेत्रीय कमिटिका सदस्यहरू, सल्लाहकारहरू , बिभागीय र मञ्च सम्वद्व सदस्यहरूको प्रशिक्षण र त्यसपछि
खुला हुने भएको हो ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय संघ संस्था, ओकिनावा निवासी नेपालीहरूसंग खुला अन्तरक्रिया कार्यक्रम आयोजना गरेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रीय कमिटी सदस्य तथा जापान ईन्चार्ज सुरेश केसीले जानकारी दिनुभयो।