टोकियो । विभिन्न पेशा व्यवसाय र अध्ययनका शिलशिलामा जापानमा रहेका जापानवासी स्याङ्जालीहरुको छाता संस्था स्याङ्जा समाज जापानको ७ औं अधिवेशन मार्च २३ तारिख आईतबार टोकियोमा हुने भएको छ ।
विविध उद्देश्य र लक्ष्यसहित प्रदेशीएका जिल्लावासीहरुको सुख दु:खमा हातेमालो गर्दै अगाडी बढ्ने उद्देश्यले सन् २०१२ मा स्थापित भएको समाज हालसम्म नागोया, सिजुओका, फुकुओका र किता-कान्तो गरि ४ क्षेत्रीय समितिहरु सक्रिय छन् । समाजका संस्थापक अध्यक्ष एवं पुर्व ICC अध्यक्ष जीवन न्यौपानेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल तय गरिएको छ ।
सबै क्षेत्रमा गरि करिव २५० जना आजीवन सदस्य र ५० जना साधारण सदस्य रहेकाले सबै क्षेत्रमा फेब्रुवरी अन्तिमसम्म अधिवेशन वा साधारण सभा गरिसक्नु पर्ने समाजका महासचिव सागारमणी न्यौपानेले बताए । केन्द्रीय समितिको निर्देशनको पालना गर्दै नागोया क्षेत्रीय समितिले फेब्रुवरी २४ तारिख सोमबार अधिवेशनको मिति तय गरिएरको छ भने सिजुओका, फुकुओका र किता कान्तोमा चाँडै नै मिति तय हुने समाजका अध्यक्ष चित्र गुरुङले जानकारी गराए ।
हाल निरन्तर चलिरहेको आजीवन सदस्य बन्ने प्रक्रियालाई निरन्तरता दिंदै फेब्रुअरी २२ तारिख सम्म ५,००० येन नयाँ आजीवन सदस्यता लिन पाउने र साधारण सदस्यता नवीकरण गर्न समाजले सबै जापानमा रहेका जिल्लावासीहरुलाई जानकारी गराएको छ ।