जापान । टोकियोमा तमु धीं जापानले ३० औं तमु ल्होसार २०२५ सांस्कृतिक कार्यक्रम गरेर भब्य रुपले मनाएको छ। मुप्ही ल्हो बर्गलाई बिदाई र सप्रि ल्हो वर्गलाइ स्वागत गर्दै २०२५ जनवरी २ तारीख इकेगामी हलमा तमु धीं जापानले ३० औं ल्होसार भब्य रुपमा मनाएको हो ।
कार्यक्रमको सुरुवाती चरणमा लम गुरु सन्दिप तमुको हातबाट धार्मिक ग्रह दशा काट्ने कार्यक्रम भएको थियो। कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा तमु (गुरुङ)को मौलिक संस्कृतिक पहिरनमा सजिएर बाजागाजा सहितको छ्याँटु र घाँटु नाच लगाएत आधा दर्जन जति आकर्षित नृत्य प्रस्तुत गरेर मनोरंजन दिलाएका थिए।
कार्यक्रमामा लोक गायिका कलाकार उषा तमुस्यो, गायक अमर गुरुङ , लोक गायक रुपेश गुरुङले आफ्नो जोडदार प्रस्तुति दिएर दर्शकहरुलाई भरपुर मनोरंजन दिलाएका थिए।
तमु धीं जापानका टेकन तमुले संचालन गरेको उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष हिमाली गुरुङले गर्नु भएको थियो भने शुभकामना मन्तब्य, कार्यक्रम संयोजक तथा उपाध्यक्ष सोम माया गुरुङले गर्नु भएको थियो। यसैगरी प्रमुख अतिथी राजदुत डा=दुर्गा बहादुर सुवेदी, अतिथिहरु क्रमसस् एनआरएनए अध्यक्ष, नबिन निउरे, आदिबासी जनजाति महासंघका का अध्यक्ष हवल चन्द्र लामा, पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, एनबीए जापानका अध्यक्ष बिजय थकाली, रोशन केशी, एनआरएनएका उपाध्यक्ष रोबिन शेरचन,एनआरएनए आईसीसीका निबर्तमान उप-महासचिब एबम् तमु धीं जापानका संरक्षक ओम गुरूङ, मोना अन्तराष्ट्रिय समितिका अध्यक्ष ददिवल खड्का लागएतका उपस्थित थियो ।
कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्दै आउनु भएका प्रतिष्ठित व्यक्तित्व, कलाकारहरु, प्रमुख अतिति लगाएतलाई धन्यवाद सहित सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो भने अध्यक्ष हिमाली गुरुङले सबैलाई धन्यबाद सहित कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।