बिहिबार, मङि्सर २०, २०८१

ईशिबा शिगेरु जापानको प्रधानमन्त्रीका रूपमा पुनः निर्वाचीत

जापान । जापानको प्रधानमन्त्रीमा ईशिबा शिगेरु औपचारिक रूपमा सोमबार पुन: निर्वाचित भएका छन् । उनको सत्तारुढ दलको बहुमत नआएपछि दोस्रो मतदान गरि औपचारिक रुपमा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

लिबरल डेमोक्र्याटिक पार्टीका प्रमुख इसिबाले यस पटक आफ्नो दलले बहुमत गुमाएका थिए । नयाँ प्रधानमन्त्री चयन गर्नको लागि भएको पहिलो चरणको मतदानमा आफ्ना प्रतिद्वन्द्वी मूख्य विपक्षी दल संबैधानिक लोकतान्त्रिक पार्टीका नेता योशिहिको नोदालाई पछि पार्दै जीत हासिल गरेका हुन् ।

४ सय ६५ सदस्यीय प्रतिनिधिसभाको प्रारम्भिक चरणको मतदानमा कुनै पनि उम्मेदवारले प्रधानमन्त्री निर्वाचित हुन आवश्यक पर्ने २३३ मतको बहुमत पुग्न सकेनन् । त्यस पश्चात भएको दोस्रो मतदानमा इशिबाले २२१ मत प्राप्त गरे, जसमा नोदाले १६० मत प्राप्त गरे। मतदानमा ८४ मत अवैध तथा वदर भएको थियो। यसकी दोस्रो चरणको मतदानबाट ईशिबा पुनः प्रधानमन्त्री चयन भएका हुन ।

प्रधानमन्त्री ईशिबा सरकारको गठनसंगै देशको अर्थतन्त्र सुधार तथा आम नागरिकहरुलाई राहतको प्याकेज ल्याउन लागेका छन ।