दिनेश थापा, टोकियो । ओदावारा पिरो स्पोर्ट्स क्लब (ODAWARA PIRO SPORTS CLJB) द्वारा ओदावारा क्षेत्रमा पहिलो पटक खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ गर्ने भएको छ ।
“स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने राष्ट्रीय
मान्यतालाई आत्मसाथ गर्दै नेपालको राष्ट्रीय खेल भलिवललाई विदेशी भुमिमा पहिलो पटक खुल्ला पुरुष भलिबल प्रतियोगिता आगामी डिसेम्बर १६ तारिकका दिन ODAWARA ARENA SPORTS COMPLEX सेन्टर(Japan, 〒250-0866 Kanagawa, Odawara, Nakazone, 263 小田原市総合文化体育館(小田原アリーナ) मा गर्न लागेको खेल संयोजक मनोज केसीले जानकारी दिए ।
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन, खेलाडी र खेलको विकासमा टेवा पुराउने उदेश्य लिएर प्रतियोगिता संचालन गर्न लागेको बताउदै क्लवको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको पृष्ठभूमिमा रहि प्रवासमा रहेका खेलाडीहरूको हौसला वृद्धि गर्न क्लवको स्थापना गरेको संयोजक केसीको भनाई छ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३ लाख ५५हजार ५५५ येन नगद, कप, मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई नगद २ लाख ५५हजार ५५५ येन नगद, कप, मेडल र प्रमाण-पत्र तथा खानाको समेत व्यस्थापन रहेको आर्थिक संयोजक निराजन मल्लले बताए।
यसका साथै प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पाईकर,
बेष्ट ब्लकर, बेष्ट सेटेर र बेष्ट डिफेण्डेरलाई सम्मान पत्रद्वारा सम्मान गरिने बताईएको छ ।
प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहन सक्ने र खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने बताईएको छ । खेल बिहान ९ बजे देखि खेल संचालन हुने र खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ४५ हजार येन तोकिएको छ। नेपाल देखि आमन्त्रित खेलाडीको रुपमा बढिमा दुई जनासम्मको सहभागिता हुन पाउनेछन्। खेल प्रतियोगिताको टाईसीट डिसेम्बर १५ तारिक ५ बजे सार्वजनिक गरिने व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लिनु भएका प्रमोद लोहनीले बताए।