शुक्रबार, मङि्सर २१, २०८१

दक्षिणी जापानमा वाढी पहिरोले अहिलेसम्म ३० को ज्यान गयो

जापान,३१ असार ।  गत हप्ताको भारी बर्षाका कारण आएको बाढी र पहिरोले दक्षिण पश्चिम जापानमा अहिलेसम्म ३० जनाको ज्यान गएको छ ।

बाढी र पहिरोले थुप्रै भौतिक संरचना ध्वस्त बनाएको छ । अहिले पनि त्यहाँ उद्धारको कार्य जारी छ । क्युसूको दक्षिणी द्वीपमा सडक तथा भवनहरु नस्ट भएका छन् र हजारौ आफ्नो घर छोडेर सुरक्षित ठाउँमा बस्न बाध्य भएका छन् ।

प्रधानमन्त्री शिन्जो अबेले गत बुधबार क्षतिग्रस्त क्षेत्रको अवलोकन र राहत तथा उद्धारकार्यका लागि आफ्नो अन्तिम चरणको युरोपको इस्टोनिया भ्रमण रद्द गरेका थिए ।

फुकुओका प्रान्त सरकारले बताए अनुसार सबैभन्दा गम्भीर क्षति भएको असकुरा शहरमा मृतकहरुको पहिचान भैसकेको छ । त्यहाँ मात्रै २४ जनाले ज्यान गुमाएका छन् ।

प्रकोप सुरु भएको केही हप्तापछि पनि १०० भन्दा बढी मान्छे विद्यालयको व्यायामसाला र सार्वजनिक भवनहरुमा बसिरहेका छन् । भने हराइरहेकाको खोजीमा हजारौ प्रहरी, सैनिक र उद्धारकर्मीहरू खटिएका छन्