जापान । नेकपा (एमाले)को प्रवास संगठन प्रवासी नेपाली मञ्च जापान गुन्मा क्षेत्रिय कमिटीको आईतबार दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
प्रवासी नेपाली मञ्च जापान गन्मा क्षेत्रीय कमिटीको दोश्रो अधिवेशन गुन्मा केनको ओईजूमिमा भव्यताका साथ सम्पन्न भएको हो।
अधिवेशनबाट अघ्यक्षमा ममता विश्वकर्मालाई सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्ष शिशिर तामाङ, सचिब रमेश श्रेष्ठ, दुई उपसचिब पबित्रा भारती गिरी, उज्ज्वल मोक्तान चयन भएका छन । कार्यसमिति सदस्यहरुमा ईश्वर मरासिनी, रश्मी वाईवा, सुशीला सुबेदी, रामबहादुर बि.क, भीष्म भुषाल, माधब ढकाल, प्रकाश थापा, बिजय कार्की, संजीब बस्नेत, छेवाङ शेर्पा सर्वसहमत चयन भएका हुन ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रीय कमिटी सदस्य एवम् जापान इंचार्ज सुरेश केसी, पूर्वी एसियाका संयोजक मोहन रायमाझी, प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटीका अध्यक्ष कुल चन्द्र खरेल, उपाध्यक्ष बाबुराम भण्डारी, प्रकाश ढकाल, मंचका सल्लाहकार ददीवल खड़का, एनआरएनए जापानका उपाध्यक्ष सुभाष लामिछाने, नेकपा एमाले गण्डकी प्रदेश सदस्य महेन्द्र श्रेष्ठ, प्रवासी नेपाली मञ्च जापान राष्ट्रीय कमिटी सदस्यहरु, विभिन्न संथाका प्रतिनिधि लगाएतको आतिथ्यता रहेको इंचार्ज बुद्धिराज लामाले जानकारी दिनु भयो।
नव निर्वाचित अध्यक्षलाई निवर्तमान अध्यक्ष नासिर मियाँले पद हस्तान्तरण गर्नु भएको थियो।

