टोकियो । नेपाली कथानाक बहुचर्चित चलचित्र “घरज्वाई” जापानभर प्रदर्शन हुने भएको छ । अगस्ट ११ तारिख आईतबार बेलुकी ६ बजे देखी टोकियोको बुन्का सिविक सेन्टरमा भव्य प्रदर्शन हुने चलचित्र दर्शक संगै हेर्न नायिका मिरूना मगर जापान आउने पक्का भएको छ ।
टिकेटको लागी लिंक :- यस वर्षकै प्रतिक्षित चलचित्र मध्ये एक सांस्कृतिक विषयवस्तुमा आधारित नेपाली कथानाक चलचित्र “घरज्वाईँ” मा दयाहाङ् राई र मिरुना मगरको मुख्य अभिनय रहेको छ । “घरज्वाईँ”अगस्ट ११ तारिख, साँझ ६ बजे टोकियोस्थित बुन्क्यो सिभिक सेन्टरको हलमा प्रदर्शन गरिने नेपाल मगर संघ जापानका अध्यक्ष रामहरि खपाङगी मगरले जानकारी दिनुभयो ।
नेपाली जनजिब्रोमा झुण्डिने ठेट शब्द “घरज्वाइँ” मगर समुदायको चलनको जीवन्त कथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । चलचित्र मगर समुदायले मात्रै नभएर समग्र नेपाली समुदाय र दर्शकहरूको रूचाईको बिषय बनेको छ । “घरज्वाईँ” वास्तविक मगर समुदायको बसोबास रहेको एक मगर गाऊँको कथा बोकेको चलचित्र हो । मगर समुदायको जन्मदेखी मृत्युसम्मको संस्कार, संस्कृतिलाई चलचित्रमा देखाइएको छ ।
चलचित्रको छायाङ्कन सुदुरपश्चिम नेपालको रूकुमको तकसेरा बाछीगाऊँ, लुगुम लगाएतका मगर गाऊँहरूमा गरिएको छ । अनिल बुढा मगरको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ र मिरुनासंगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्क बहादुर पुन (खबपु), राज थापा, कविता आले लगायतको अभिनय रहेको छ ।
जापानमा डिस्ट्रीब्यूशनको अधिकार आन्वि ईन्टरटेन्मेन्टले पाएको यस चलचित्र नेपाल मगर संघको पहलमा प्रदर्शन हुदैछ । जनक घर्ती मगरले निर्माण गरेको यस चलचित्र अन्तराष्ट्रिय अवार्डहरू जित्न सफल आग्रे, लोम्बा लगाएत डकुमेन्ट्री निर्माण गरिसकेका निर्देशक अनिल बुढा मगरको डेब्यू रहेको फीचर फिल्म समेत हो ।