नागोया । जापानको नागोयामा गत गत जुन ८ र ९ तारिख सम्पन्न तेश्रो नेपाल फेस्टिवलको आय-व्यय सार्वजनिक गरिएको छ।
नागोयाको आईची प्रिफेक्चरमा सम्पन्न नेपाल फेष्टिबलमा फेस्टिवलमा १ करोड ११ लाख ८६ हजार ३ सय ९३ आर्थिक संकलन भएको छ। त्यस्तै खर्च ८५ लाख ३९ हजार ५ सय १६ भएको बताईएको छ। फेस्टिवलमा सहयोगी दाताबाट ६८ लाख ६९ हजार ३ सय ९३ र स्टलहरु बाट ४३ लाख १७ हजार संकलन भएको छ। खर्च कटाएर बचत रकम २६ लाख ४६ हजार ८ सय ७७ येन रहेको छ।
फेस्टिवल सम्पन्न गर्नका लागि जापानमा रहेका नेपाली र नेपालीका संघ-संस्था एवं जापानीज र जापानीजका संघ-संस्थाहरुबाट आर्थिक सहयोग संकलन गरिएको थियो।
उक्त फेस्टिवलका आर्थिक संयोजक दिपक कार्कीका अनुसार जुनसुकै सामाजिक कार्य गर्दा आर्थिक पारदर्शिता हुनु जरुरी छ। जापानमा यस अघि हुने गरेका कतिपय कार्यक्रमका आय – व्यय सार्वजनिक नगरिएको बताउँदै जस्का कारण जनमानसमा विश्वास घट्ने कार्कीले बताए ।
आय-व्यय सार्वजनिक गर्न पत्रकार सम्मेलन कार्यक्रमको अध्यक्षता एनआरएनए क्षेत्रीय समिति नागोयाका उप – संयोजक एवं फेस्टिभल आयोजक समितिका संयोजक देव घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो। एनआरएनए क्षेत्रीय समितिका नागोयाका उपाध्यक्ष योवन देवानले गरेका थिए।
जापानको बिभिन्न शहरहरुमा नेपाल फेस्टिवल आयोजना गरिए पनि आर्थिक पारदर्शी नहुने र घाटा देखाउने प्रवृति नदेखिएका होईनन् । जापानको तेश्रो ठूलो शहर नागोयामा भएको फेस्टिवलबाट अरुले पनि धेरै सिक्न सक्छन । जापानमा यतिबेला २ लाखको हाराहारीमा नेपालीहरु रहेका छन्।