काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले आगामी आर्थिक वर्षको बजेटले आर्थिक रुपान्तरणको घोषणा गएको भए पनि कार्यान्वयन अत्यन्त चुनौतीपूर्ण रहेको बताएका छन् । मंगलबार संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै विष्टले बजेटमा नयाँ आर्थिक सुधारको उद्घाोष गरिए पनि त्यो स्पष्ट नभएको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘यो कसका लागि ? असमान आय घटाउन, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन, उत्पादन वृद्धि, राष्ट्रिय पूँजी वृद्धि, रोजगारी सृजना र गरिबका लागि वा उदारीकरणका बाँकी काम कार्यान्वयन गर्न ?’
उनले बजेटमा पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रुपान्तरणकारी क्षेत्र छुट्याइनु सकारात्मक रहे पनि कार्यक्रम र विनियोजन समुचित नभएको टिप्पणी गरे । ‘बजेटमा कृषि लगानी दशक, सूचना प्रविधि दशक, महिलामा लगानी वर्ष भनिए पनि सम्बन्धित क्षेत्रमा विनियोजन घटेको अवस्था छ, यसले लक्ष्य प्राप्त गर्न कठिन छ’, उनले भने ।
बजेटले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्राउने लक्ष्य राखेको भए पनि पर्यटन पूर्वाधारमा लगानी नबढ्नुले आशङ्का बढाए